दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)

  • २३ आश्विन २०७४, सोमबार
  • 7487 पटक पढिएको

म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

महाधिवेशनको अवसरमा मोनाले जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालबिवाह र महिला हिंसाको समस्या न्युनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको थियो ।

महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथी र सहभागीहरुबाट अक्षयकोषका लागि बिस लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ । तिन दिनसम्म चल्ने महाधिवेशनबाट आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिएको छ ।

सो अबसरमा पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती गरिएको छ । यसैगरी जापानी विशेषज्ञहरुको टोलीले विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालीम सञ्चालन गरिएको छ ।

मोनाको महाधिवेशनमा आउने अतिथिहरुको स्वागतको लागि दरबाङ बजारलाई धोजापतकाले सिंगारिएको छ । हेरौँ मोनाको महाधिवेशनको रोचक तस्बिरहरुलाई । शब्द/तस्बिरः कमल खत्री, म्याग्दीअनलाईन