सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त

  • ११ असार २०७४, आईतवार
  • 25766 पटक पढिएको

म्याग्दी, ११ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त हनुुभएको छ । सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी सुवेदीलाई नियुक्त गरिएको हो ।

हाल न्याय परिषद्को सचिव रहनुभएका सुवेदीलाई न्याय सेवा आयोगको बैठकले नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य रजिष्टारको पद सिर्जना गरिएपछि सुवेदी पहिलो पटक सो पदमा नियुक्त हुनुभएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई सर्वोच्च अदालनको मुख्य रजिष्टारको पदमा नियुक्त गरेपछि म्याग्दीबासीले खुसी हुँदै सुवेदीलाई विभिन्न माध्ययमबाट बधाई तथा शुभकामना दिएका छन् ।

सुवेदी सर्वोच्चको सह–रजिष्ट्रार हुँदै अहिले न्यायपरिषदको सचिव हुनुहुन्थ्यो । सुवेदीले सर्वोच्चमा लामो समय मुद्दा फाँटमा रहेर काम गर्नुभएको छ । मुख्य रजिष्ट्रारले सर्वोच्च, उच्च अदालत, जिल्ला अदालत र अन्य अर्धन्यायीक निकायको प्रशासन हेर्न पाउने व्यवस्था रहेको छ । न्यायपालिका संघीय संरचनामा गएपछि सर्वोच्चमा मुख्य सचिव सरह रहने गरी मुख्य रजिष्टार बनाएको हो ।