अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

  • ११ मंसिर २०७६, बुधबार
  • 1884 पटक पढिएको

काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस  सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।

बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवारहेको अनुमान गरिएको छ ।  बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।  यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।

साभार राताेपाती अनलाइनबाट ।