आँखा शिविरबाट साढे तीन सय लाभान्वित

  • ९ आश्विन २०७६, बिहीबार
  • 2405 पटक पढिएको

 

म्याग्दी, ९ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार लायन्स क्लव अफ बेनी म्याग्दीले आयोजना गरेको निशूल्क आँखा शिविरबाट करिब साढे तीन सय जना लाभान्वित भएका छन् । नेत्रज्योती संघ म्याग्दी र रत्नेचौर जागरण युवा क्लवसंगको सहकार्यमा आयोजना गरिएको शिविरमा ३४१ जनाले सेवा लिएका हुन् ।

शिविरमा २०१ महिला र १४० पुरुषले चेकजाँच गरेकोमा ४ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भेटिएको लायन्स क्लव बेनी म्याग्दीका प्रथम उपाध्यक्ष एवम् शिविरका संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।रत्नेचौर, आनन्दबगर, उपल्लाचौर, अर्जमका बासिन्दाले शिविरबाट सेवा लिएका थिए । शिविरको उद्घाटन गदैं प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले लान्यस क्लवमार्फत जिल्लामा भइरहेका सामाजिक तथा मानवीय कार्यको प्रशंसा गर्नुभएको थियो ।

शिक्षा, स्वास्थ्य र सामाजिक अभियानमा लायन्समार्फत भइरहेका गतिविधिहरूमा आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभएको थियो । रत्नेचौर जागरण यूवा क्लवका अध्यक्ष गणेश रावलको अध्यक्षता, लान्यस क्लव बेनी म्याग्दीका सचिव गणेश श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वडा अध्यक्ष टेकबहादुर रावल, लान्यस सरोज बानियाँ, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, लायन्स क्लव बेनी म्याग्दीका अध्यक्ष चन्द्रप्रकाश बराईली, नेत्रज्योती संघका अध्यक्ष अमर बानियाको उपस्थिति थियो ।