बाढी पिडितको पुर्नवासको व्यवस्था मिलाउन सांसद केसीको माग

  • ८ आश्विन २०७६, बुधबार
  • 1971 पटक पढिएको

 

बेनी, ८ असोज । गण्डकी प्रदेसका सांसद बिनोद केसीले बेनी नगरपालिका–२ बगरफाँटका बाढी पिडितलाई पुर्नवासको व्यवस्था मिलाउन माग गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा बिशेष समय लिएर म्याग्दी क्षेत्र (क)बाट निर्वाचित सांसद केसीले कोटखोलामा आएको बाढीका कारण घरबार बिहीन भएका नागरिकहरुको पुर्नवासको ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले पिडितहरुको राहतका लागि समेत प्रदेश सरकारसँग माग गरेका थिए । असोज ४ गते रातीको बाढीले बगाएर बगरफाँटका दुई बालिका वेपत्ता भएका छन् । तीन वटा घरमा पूर्ण सहित सात परिवार बस्ने घरमा बाढी पसेर र भत्काएर क्षति पुगेको छ ।स्थानीय बुद्ध एकेडेमिको भवन र खेलमैदान पनि बाढीले पुरिएको छ । यसैगरी सांसद केसीले बर्षातका कारण अवरुद्ध ग्रामिण सडकमा यातायात सञ्चालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा ग्रामिण क्षेत्रका बासिन्दाहरुको दैनिक कष्टकर भएको उनले प्रदेशसभालाई जानकारी गराए । उनले ग्रामिण सडकमा तोकिएको भन्दा बढी भाडादर असुल्ने समस्या नियन्त्रण र नियमनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने गाडीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका छन् । स्थानीय प्रशासन र स्थानीय तहले तय गरेको भाडादर अनुगमनको अभावमा कार्यान्वयन हुन सकेको छैन् ।