भाद्र २९ मा बेनिमा सुमन गुन्जिने

  • २० भाद्र २०७६, शुक्रबार
  • 2924 पटक पढिएको

म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त कार्यक्रम गर्न थालिएको कार्यक्रम संयोजक दर्पण रोकाले बताउनु भयो।

सुमन स्मारिका अहिलेको चर्चित गजलकार हुनुहुन्छ । कैलाली जिल्लामा जन्मनुभएकी गजलकार सुमनको “घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु,तिमि छैनौ भएर योजवानी के गर्नु” भाईरल गजल हो। म्याग्दिमै पहिलो पटक नारी एकल गजल मेहफिल गजल बाचन हुन लागेको सस्थाका सचिब शमिर रोकाले बताउनु भयो । कार्यक्रमको तिब्र तयारी भैरहेको र यस कार्यक्रम सफल पार्न सबैलाई अनुरोध गरिएको सस्थाका कोषाध्यक्ष युवा गजलकार दिपक शर्माले बताउनु भयो।