“डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित)

  • ८ भाद्र २०७६, आईतवार
  • 4547 पटक पढिएको

सागर भण्डारी, म्याग्दी
रघुगंगा विद्यार्थी मञ्चले “डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्रीको पहिलो भाग मञ्चको फेसबुक पेजबाट सार्वजनिक गरेको छ । विद्यार्थी मञ्चको शनिबार बसेको कार्य समितीको दोस्रो बैठकले भिडियो डकुमेन्ट्री सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत पुसमा रघुगंगा गाउँपालिका भित्रका म्याग्दी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अग्रसरमा रघुगंगा विद्यार्थी मञ्च गठन गर्ने निर्णय गरेको थियो । गत जेठ महिनामा रघुगंगा विद्यार्थी मञ्च जिल्ला प्रशासन कार्यलय म्याग्दीमा गैर सरकारी सस्थांका रुपमा दर्ता भैसकेको छ ।

मञ्चको जेठ ३२ गते बसेको कार्यसमितीको पहिलो बैठकले रघुगंगाको समृद्धी र विकासका लागी सुचना र प्रविधीमा अव्वल हुनु आवश्यक रहेको भन्दै “डिजिटल रघुगंगा गाउँपालिका अभियान” सुरु गर्ने निर्णय गरेको र योजनाको बारेमा आम जनमासलाई बुझाउन डकुमेन्ट्री तयार गरी सार्वजनिक गरेको मञ्चकी संस्थापक सचिव रञ्जना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले थप्नुभयो रघुगंगाको समाबेसी विकासका लागी आवश्यकता के हो र कसरी गर्न सकिन्छ भन्ने भिडियो सिरिज क्रमस आउनेछन् ।

संस्थापक अध्यक्ष सागर खत्रीले थप्नुभयो “अहिले विद्यार्थीलाई निरिहको दृष्ट्रीले हेर्दै आईएको छ । नेपाल लगायत विश्वका ठुलाठुला परिवर्तनका लागी विद्यार्थीको योगदान रहेको छ । तर पछिल्लो समय विद्यार्थी समुहको काम छात्रबृतीका र सानातिना विद्यार्थीका समस्यामा मात्र केन्द्रित भएका छन् । अब विद्यार्थी समुहले देशको आर्थिक र समाबेसी विकासका लागी ठोस कदम चाल्नु पर्ने समय आएको छ । विभिन्न तहका सरकारको सहयोग भयो भने रघुगंगा गाउँपालिकालाई देशमै नमुना गाउँपालिका बनाउने सपना देखेका छौ । हामी रघुगंगा घर भई विश्वका बिभिन्न कुनामा रहेका सम्पुर्ण विद्याका विद्यार्थीलाई गाउँपालिकाको विकासका लागी जेड्ने पहल गरिरहेका छौ । ”


भिडियोको प्रथम भागमा ईन्ट्रानेटको विस्तारले गाउँपालिकाको कार्यलय बाट विद्यालय, स्वास्थचौकी लगायतका निकायमाथी निगमन गर्न सक्छ र बेबसाईड तथा मोवाईल एप्सबाट रघुगंगालाई कसरी जोड्न सक्छ भन्ने कुराको जानकारी दिएको छ ।


साथै भिडियोको अन्त्यमा रघुगंगाका सबै आधारभुत तहमा कक्षा ३ देखी निशुल्क कम्प्युटर कक्षा संचालन गनुपर्ने र बेनीमा झरेर ११,१२ र व्याचलर अध्ययन गरीरहेका विद्यार्थीलाई कम्प्युटर प्रशिक्षण कक्षा संचालनका लागी आर्थिक सहयोग गराउनु पर्ने मागपनि राखेका छन् । यसका लागी विद्यार्थी मञ्चले गाउँपालिकाका प्रशासकिय प्रमुख रमेस थापासमक्ष प्रस्तावना पत्र समेत पेश गरिसकेको छ ।