म्याग्दी साहित्य संचारको अध्यक्ष सन्दिप खत्री

  • २५ जेष्ठ २०७६, शनिबार
  • 2595 पटक पढिएको

 

म्याग्दी २५ जेठ । म्याग्दी साहित्य सञ्चारको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन भएका छन् । संचारको तेस्रो अधिवेशनबाट खत्रीको नेतृत्वमा नया कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा गंगा बानियाँ, सचिवमा हिरा शर्मा कोषाध्यक्षमा रोजीना क्षेत्री, सहसचिवमा सन्दीप रिजाल रहेको समितिको सदस्यहरुमा धिरन खत्री, दिपक शर्मा र गणेश सुवेदी रहेका छन् । भने निर्वतमान अध्यक्ष लोकनाथ भुषाल घायलश्री रहेका छन् ।

अध्यक्ष खत्री संस्थापक सचिवबाट उपाध्यक्ष हुदै सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । उनी साहित्यसंगै ब्यवसाय र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।सो अधिवेशन पुर्व गजल उत्सव भएको थियो ।

सो अवसरमा सल्यानका सिपी खत्री, बागलुङका राम अबिरल, स्याङ्जाका मिलन समीर, रौतहटकी रेणुका जिसी, नवलपुरका आदर्श सुशील, कैलालीका हिक्मत ढकाल, काठमाडौका भूपि सरोबर, पर्वतका डिआर शर्मा, म्याग्दीका दर्पण रोका र दिपक शर्मा (दिपु)ले गजल वाचन गरेका थिए । गजलकारहरुले प्रेम, देशको समसायिक अवस्था, सामाजिक अवस्था, बेरोजगारी समस्या जस्ता विषयबस्तुसंग सम्बन्धित गजल वाचन गरिएको थियो ।