नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

  • २६ माघ २०७५, शनिबार
  • सेते तिलिजा पुन
  • 3166 पटक पढिएको

सेते तिलिजा पुन

म्याग्दी शिख, २६ माघ अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका भुपेन्द्र खड्काको घर मिति २०७५/१०/११ का दिनमा विद्युत सर्ट भएर आगो लाग्न गई पूरै घर ध्वस्त भएको थियो । त्यसमा जनको क्षती नभए पनि धनको भने निकै क्षती भएको थियो तर कति क्षती भयो भनेर बाहिर आएको छैन।निज भुपेन्द्र खड्काले नेपाल रेडक्रस सोसाइटी शिख उपशाखामा राहत पाईयोस् भनी मिति २०७५/१०/१५ मा निवेदन पेश गरेका थिए। तर समयमै राहत वितरण गर्न सकिएको थिएन।

ढिलै भएपनि मिति २०७५/१०/२५ गतेका दिन यस उपशाखाका कार्य समितिको बैठकले भुपेन्द्र खड्कालाई अग्निपिडित घोषणा गरी उनले पठाएको व्यक्ति सागर खड्कालाई उक्त राहत वितरण गर्ने काम भयो।राहत वितरण समयमा यस उपशाखाका सभापति दिनेश कुमार पुन, सचिव सेते तिलिजा पुन र कोषाध्यक्ष बेग बहादुर पुनको उपस्थिति थियो। राहत स्वरूप त्रिपाल, कम्मलहरू, भाडाकुराहरू, बाल्टीन, तन्नाहरू, कपडाहरू वितरण गरिएको थियो।

सेते तिलिजा पुन