आठ मार्च :अन्तराष्ट्रिय महिला दिवसको अवस्था र औचित्यता !

  • २४ फाल्गुन २०७४, बिहीबार
  • 511 पटक पढिएको

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने नारा राष्ट्रिय रुपमा राज्यले १०८औ अन्तराष्ट्रिय महिला दिवस मनाउनको लागि तय गरेको छ । नारावाट २ वटा सूचना स्पष्ट हुन्छ पहिलो यस दिवस मनाउन सुरुआत गरेको १०८ वर्ष पुगिसक्यो, दोस्रो सामाजिक रुपान्तरणको मुख्य पाटो आर्थिक सशक्तिकरण हो । महिलाको आर्थिक सशक्तिकरण नभइकन जिवन स्तर उकासिन सक्दैन भन्ने मुख्य पाटो ।


कुनै पनि दिवसको प्रशंग आउदा साथ त्यससंग जोडिएर आउने भनेको अधिकार को विषय हो । चाहे त्यो संविधान दिवस होस चाहे त्यो महिला दिवस होस । संविधान दिवसको प्रसंगमा समग्र ब्यवस्था परिवर्तन र सोवाट नागरीकका अधिकारहरुको सुनिश्चतता को कुरा आउछ भने अन्य अधिकारहरुको प्रशंग उजागर गर्दा वर्ग, जाती, सम्प्रदायको निहित अधिकार प्राप्तीको कुरानै हो जोडिने । मार्च ८ को कुरा गर्दा महिला अधिकार नै यसको मुल विषय हो ।

अन्तराष्ट्रिय नारी दिवसको शुरुआत १९औ शताब्दीको आरम्भ देखीनै मनाउन थालिएको हो । महिलाहरुको राजनितिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समानता तथा मताधिकार पाउनुपर्ने माग सहित सन १९०८ देखि नै यस दिवस मनाउन सुरु गरिएको हो भने सन १९०९ मा अमेरीकी कपडा उद्योगमा का मगर्ने महिलाहरुले पुरुष सरह काम र समानज्याला हुुनुपर्ने माग सहित १३ हप्ता सम्म हड्ताल गरी अधिकारको विषयलाई अमेरीकाभरी फैलाउन मद्धत गरेको पाइन्छ । समाजवादि विचारधारा भएकी अमेरीकी लिनालुइसले सन १९१० मा एउटा वक्तब्य निकाली नारी दिवस भनेको कुनै कुराको उपलब्धीको खुशी मनाइएको होइन तर यो दिन भविष्यमा पुरुषले नारी भन्दाआफुलाई उच्चमान्ने र नारी प्रतीशासनजमाउने प्रथाको अन्त सम्मको लागिगर्नुपर्ने संघर्षलाई निरन्तरता दिन सम्झाउने दिन हो भनेकि थिइन । उल्लेखित प्रसंगवाट नारी दिवस मनाउनुको यथार्थतालाई राम्रो संग वुझ्न सकिन्छ र यही धरातलमा आज सम्म विश्वमा यस दिवस मनाउने गरीएको छ । दिवस मनाउदै गर्दा दिवसको सुरुआत हुनुको सार्थकता खोज्ने प्रयास गर्नु आजको आवश्यकता हुन्छ ।

नेपालको सन्दर्भमा नारी दिवसको आफ्नै आवश्यकता र महत्व हुन सक्छ विश्व परिवेशमा महिलाको अवस्था र नेपालमा आम महिलाको अवस्थाको सेरोफेरोमा यसको आवश्यकता र औचित्य फरक हुन सक्छ । समान काम समान ज्याला, महिलाको मताधिकारको प्रयोग को विषय मात्र आजको महिला दिवसको विषय नवन्न सक्छ । केहि दिनका समचारहरुलाई आधार मान्ने हो भने नावलीका, किशोरी देखी वृद्धा समेत आफन्तहरुवाटै वलत्कारमा पर्ने, दाइजोको कारण घरपरीवार वाट अपहेलित हुने किशोरीहरु प्रेमिवाटै वलत्कार तथा हत्या हुनुपर्ने जस्ता समाचारहरुले २१औ शताब्दिको हाम्रो मानशिकतालाई गिज्याइरहको छ ।

दिवस मनाइरहदा एक दिन सम्झना स्वरुप मनाउने भन्दा त्यसको मर्म अनुरुप परिवर्तनको आधार खोजेर कार्यान्वयनमा लानु आजको आवश्यकता हो, नेपालको परिवर्तित परिस्थीतीमा केहि लाई आधार मान्ने हो भने महिलाहरु राजनितिक तहमा सामाजिक तहमा र आर्थिक तहमा निकै नै माथि पुगेको देख्न सकिन्छ । अन्तराष्ट्रिय स्तरमा नेपालले महिला सशक्तिकरणको प्रतिवेदनमा उल्लेख गर्न सकिने निकैनै उपलब्धी हासिल गरेको देखिन्छ, । कुनै समय राज्यको प्रमुख तिन तह ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिका का उच्च तहमा महिला पुगेको इतिहास समेत रचिसकेको छ के त्यतिले आम नेपालका महिलामा त्यो दक्षता, त्यो क्षमता र त्यो सशक्तिकरण भएकै हो त ? पक्कै पनि त्यो होइन ।

महिला दिवसको सार्थकता त्यतिवेला देखिन सक्छ जतिवेला एक महिलाले आफु गर्भमा हुँदा लिंगको आधारमा भु्रण हत्यामा पर्नुपर्ने छैन, वालिका हुँदा छोरी भएकैले सहारा खोज्नुपर्ने छैन भने वलत्कार हत्या जस्ता जघन्य हिंसामा पर्नुपर्ने छैन र आफुलाई एक स्वतन्त्र नागरीकको रुपमा महसुस गर्न सक्ने छ । महिला सशक्तिकरणको अभ्यासमा समविकासको अवधारणाको विकास हुनसकेमा र सहअस्तित्व स्विकार हुनसकेमा मात्र हामी उत्रिण हुने छौ भन्ने कुरामा सवै पक्षको ध्यान जान सकोस १०८ औ अन्तराष्ट्रिय महिला दिवसको शुभकाना ।।
                  हरि पौडेल
लेखक गैसस महासंघ म्याग्दीका अध्यक्ष हुन् ।