१ सय ३० पत्नीका श्रीमान मोहम्मदले संसार छाडे

  • २४ माघ २०७४, बुधबार
  • 2519 पटक पढिएको

१ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका एक चर्चित मानिस अब यो दुनियाँमा रहेनन् । नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको गत जनवरी २८ तारेखमा निधन भएको छ । ९३ वर्षको उमेरमा उनले संसार छाडेका हुन् ।

उनको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ थियो । तर यो संख्या उनको निधनपश्चात् केही बढ्न सक्नेछ । किनकी उनका केही पत्नीहरु अहिले गर्भवती छन् र निकट भविष्यमै बच्चा जन्माउनेछन् ।

पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबू बकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउँथे । आफुलाई इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको उनको दाबी थियो । कुरानको विवादित व्याख्याका लागि पनि उनी चर्चित थिए ।

कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिह गर्न सक्छ भन्ने कुरा कुरानमा लेखिएको छ भनेर उनले दाबी गर्थे ।

अबूबकरका अनुसार पुरुषले कुनै दुख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।

उनको यस्तो क्रियाकलाप तथा भनाईका कारण अन्य मुस्लिम धर्मगुरुहरुले उनको आलोचना समेत गरेका थिए । उनका जिवित रहेका ८६ पत्नमध्ये तत्कालै ८४ जना सँग डिभोर्स गर्न समेत दबाब दिइएको थियो । तर उनी गलेनन् ।

पछिल्लो केही समयदेखि उनी बिरामी थिए । र अन्ततः उनको मृत्यु भएको छ । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भए ।

– अनलाइनखबर