विशेष

निर्वाचन आचार संहिताको पालना र म्याग्दीको विकासमा उम्मेदवारहरुको ऐक्यबद्धता

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको विकासमा सबै दलहरुबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजले शुक्रवार बेनीमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग पत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका... पुरा पढ्नुहोस

म्याग्दीको विकास, सुशासन र आर्थिक विकास मेरो प्राथमिकतामा छनः नेकपा उम्मेदवार अर्जुन थापा

म्याग्दी, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका अर्जुन थापाले म्याग्दीको विकास, सुशासन र आर्थिक विकास आफ्नो पहिलो प्राथमकितामा रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा बेनीमा आयोजित उम्मेदवार थापासंगको अन्र्तक्रिया कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रममा... पुरा पढ्नुहोस

बिममा नौमती बाजाघर निर्माण

१४ माघ ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्जेबाजा समूहले दुई कोठे बाजाघर निर्माण गरेका हुन् । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा मौलिक लोकबाजा भण्डारण, संरक्षण र तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मलिका गाउँपालिकाले रु. सात लाख ७६ हजार अनुदान... पुरा पढ्नुहोस

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, जनही नगद रु १ लाख प्रोत्साहन

म्याग्दी , १३ माघ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस

प्रेस श्रीसको संयोजकत्वमा नेकपा निकट यातायात मजदुर संघको भेला आयोजक समिति गठन

बेनी, १२ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल टे«ड युनियन महासंघ अन्तर्गत अखिल नेपाल यातायात मजदुर संघ म्याग्दीको भेला आयोजक समिति गठन भएको छ । प्रेम श्रीसको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा रेशबहादुर बि.क, राजेन्द्र गिरी, कृष्ण किसान, गोपाल दर्जी, अंगित थापा,... पुरा पढ्नुहोस

१२ वर्षपछि प्रतिनिधीसभामा आफ्नै चुनाव चिन्हमा मत खसाल्दै म्याग्दीका नेकपा

सन्तोष गौतम बेनी । नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा १२ वर्षपछि प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्हमा मत खसाल्ने भएका छन् । यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी लगायतका राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा प्रतिनिधीसभा सदस्य... पुरा पढ्नुहोस

सडकमै पत्रकार सम्मेलन गरेर महावीरको चुनाबी प्रतिबद्धता सार्वजनिक

म्याग्दी, १० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री महावीर पुनले सडकमै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिवार जिल्ला सदरमुकाम बेनीबजारको बिरेन्द्रचोकमा सडकमा पत्रकार सम्मेलन गरी आफ्नो... पुरा पढ्नुहोस

म्याग्दीमा महावीरलाई रास्वपाको समर्थन

म्याग्दी, १० माघ । म्याग्दीको स्वतन्त्र उम्मेदवार बन्नुभउका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । पुनले बेनीको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको सल्लाह र शुभेच्छुकहरूको सुझाव अनुसार प्रतिनिधिसभामा महाविरलाई सघाउने घोषणा गर्नुभएको हो । ‘हामी र... पुरा पढ्नुहोस

नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन महावीर पुनलाई

म्याग्दी, ८ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो । विहिवार... पुरा पढ्नुहोस

समिर र यास्मिनले १० वर्षको प्रतीक्षापछि पाए आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा... पुरा पढ्नुहोस