विशेष
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
- 1 बर्ष, 22 दिन अगाडि
- ५ पुष २०८०, बिहीबार
पवर्त, ५ पुस । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडक : चौबीस महिना ठेक्का अवधि एक वर्षमै निर्माण !
- 1 बर्ष, 22 दिन अगाडि
- ५ पुष २०८०, बिहीबार
म्याग्दी, पुस ५ गते । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत... पुरा पढ्नुहोस
मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली
- 1 बर्ष, 22 दिन अगाडि
- ५ पुष २०८०, बिहीबार
शिवाङ, ४ पुुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुुना जोड्ने... पुरा पढ्नुहोस
धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई
- 1 बर्ष, 22 दिन अगाडि
- ५ पुष २०८०, बिहीबार
शिवाङ, ४ पुुष : धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य... पुरा पढ्नुहोस
ज्ञानोदय माविलार्ई रु ५१ हजार सहयोग
- 1 बर्ष, 23 दिन अगाडि
- ४ पुष २०८०, बुधबार
बेनी, ४ पुस ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई रु ५१ हजार सहयोग प्राप्त भएको छ । समाजसेवी सुवेदार हर्कबहादुर भण्डारीले विद्यालयलाई उक्त सहयोग गर्नुभएको हो । मौवाफाँट घर भइ हाल पोखरामा बसोबास गर्र्दै आउनुभएका भण्डारीले विद्यालयको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उदेश्यले उक्त सहयोग गरेको बताउनुभयो... पुरा पढ्नुहोस
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई
- 1 बर्ष, 24 दिन अगाडि
- ३ पुष २०८०, मंगलवार
बेनी, ३ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ... पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)
- 1 बर्ष, 24 दिन अगाडि
- ३ पुष २०८०, मंगलवार
https://www.youtube.com/watch?v=MY8cXCOj6yM बेनी, ३ पुस: म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस
समाजसेवी शिव केसीद्धारा ज्ञानोदय माविमा १९५ थान अतिरिक्त पोसाक(ट्याकसुट) सहयोग
- 1 बर्ष, 25 दिन अगाडि
- २ पुष २०८०, सोमबार
म्याग्दी ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिब केसीले १९५ थान अतिरिक्त पोसाक (ट्याकसुट) सहयोग गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको लागि केसीले करिब रु २ लाख बराबरको उक्त पोसाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले... पुरा पढ्नुहोस
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन (फोटो फिचर)
- 1 बर्ष, 25 दिन अगाडि
- २ पुष २०८०, सोमबार
बेनी, २ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले... पुरा पढ्नुहोस
समुदायमा म्याग्दी काँग्रेस अभियान संचालन गर्ने
- 1 बर्ष, 25 दिन अगाडि
- २ पुष २०८०, सोमबार
म्याग्दी, २ पुस । नेपाली कांग्रेस म्याग्दीले संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने निर्णय जिल्ला सम्मेलनमार्फत गरेको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति,... पुरा पढ्नुहोस