विशेष

मंगला गाउँपालिकामा कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो ।  आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह... पुरा पढ्नुहोस

धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक

बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक... पुरा पढ्नुहोस

दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक

म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक... पुरा पढ्नुहोस

इजरायलबाट विष्णु पुनमगरले विद्यार्थीलाई स्वास्थ्य साम्रागी सहयोग

म्याग्दी १ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई इजरायलबाट मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । [caption id="attachment_44883" align="alignleft" width="289"] CoronavirusFAQOpener[/caption] स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।... पुरा पढ्नुहोस

धवलागिरीको बिशेष गाउँसभा : पहिरो पीडितको आवास पुननिर्माण र प्रकोप व्यवस्थापनलाई प्राथमिकता

म्याग्दी ३० असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९... पुरा पढ्नुहोस

अखिल (क्रान्तिकारी) धौलागिरी ब्युरोद्धारा विध्यामन्दिर माविलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग

म्याग्दी २९ असोज । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धौलागिरी ब्युरोले विध्यामन्दिर माध्यमिक विद्यालय बागलुङलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग गरेको छ । संगठनले ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटवल, १ थान ब्याडमीण्टन, १ थान भलिबल नेट लगायतका सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी दर्ता

म्याग्दी २७ असोज । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दी जेसीज २०२० को शाखा अध्यक्ष समेत रहनुभएका बरुवालले जेसीजले अनलाइन मार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले... पुरा पढ्नुहोस

कोरोना सङ्क्रमणका कारण बागलुङ नगरपालिकाको सेवा बन्द

बागलुङ २६ असाेज । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द  गरेको छ ।  नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।  नगरपालिकाका जनप्रतिनिधि,... पुरा पढ्नुहोस

धवलागिरिका पहिरो पीडितकोे पुर्नस्थापनाको लागि पोर्तुगलबाट ३ लाख बढी सहयोग

म्याग्दी २५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी, पहिरोबाट विस्थापित भएकाहरुको पर्नस्थापनाको लागि पोर्तुगतमा रहेका नेपालीहरुबाट रु ३ लाख बढी सहयोग प्राप्त भएको छ । पोर्तुगलमा रहनुभएका धवलागिरि गाउँपालिका–७ मच्छिमका युवा तेजिन्द्र छन्त्याल, होमबहादुर छन्त्याल, गणेश छन्त्याल, फलियागाउँका बिबश भण्डारी, मराङका कृष्ण गुरुङ, लुलाङका गंगबहादुर विक, गुर्जाका फट छन्त्याल, लमसुङका... पुरा पढ्नुहोस