विशेष

राखुकी मिर्गौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

म्याग्दी २६ कात्तिक ।  दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिय चनमाया मगरको दुवै मिर्गौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गरिएको छ... पुरा पढ्नुहोस

बेनीमा ११ दिनदेखि जारी लकडाउन बुधवार देखि खुल्ला हुने

म्याग्दी २५ कात्तिक । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनीमा गत ११ दिनदेखि जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । बेनी बजारका घर घरमा पुगेर कोरोनाका लक्षण भएका विरामीहरुको खोजी गर्दा तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे बेनी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)

म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य  हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस

सहयोग नेपालद्धारा बावियाचौरमा कोरोना विरुद्धको जनचेतना, स्वास्थ्य सरसफाईका सामाग्री सहयोग

म्याग्दी २५ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाको केन्द बावियाचौरमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक अभियान गरिएको छ । सहयोग नेपाल संस्थाले गाउँपालिकाको केन्द्र बावियाचौरमा सचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको हो । सो अवसरमा संस्थाले स्वास्थ्य सरसफाईका सामाग्रीहरु समेत वितरण गरेको थियो । सो अवसरमा बजारका विभिन्न... पुरा पढ्नुहोस

म्याग्दी ठेगाना भएर पर्वत वेनी बस्ने दुइ महिलामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ कात्तिक । म्याग्दी ठेगाना भएका दुई जनालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।   पर्वत बेनीमा बसाेबास गर्ने  अन्नपूर्ण गाउँपालिका–८  र बेनी नगरपालिका–१ ठेगाना भएका बर्ष ३४ र ३८ का दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुवै जना पोखराको पश्चिमाञ्चल क्षेत्रीय असपताल र र चरक अस्पतालको आईसेलेसनमा... पुरा पढ्नुहोस

कोरोना रोकथामको लागि बेनीमा स्वास्थ्यकर्मीको घरदैलो सुरु, स्वास्थ्य मापदण्ड पालना गराउन सपथ

कमल खत्री म्याग्दी २३ कात्तिक ।  म्याग्दी सदरमुमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमण रोकथाम र नियन्त्रणको लागि अभियान चलाईएको छ । बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणको बारेमा जनचेतना अभिबृद्धि गर्नुका साथै नगरबासीमा कोरोनाका लक्षणहरुको सम्बन्धमा जानकारी लिन टोली परिचालन गरेको हो । बेनी नगरपालिकाले डिसिसिएमसि र स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस

धारापानीको बौरमा पहिरोले बगाएको कुलो मर्मत नहुँदा हिउँदे बाली छाड्नुपर्ने बाध्यता

म्याग्दी २३ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीको बौरमा गत असार २५ गते राती आएको बाढीले बगाएको सिचाई कुलो मर्मत र पुननिर्माण नहुँदा स्थानीयले हिउँदेबाली लगाउन पाएका छैनन् । ताकमको पुछारमा रहेको छहरी खोल्साबाट बौरको खेतको फाँटमा ल्याईएको तल्लो र उपल्लो गरि दुई वटा सिचाई कुलोको करिब ५ सय... पुरा पढ्नुहोस

मल्कबाङमा स्वास्थ्य चौकीको भवन अलपत्र

कमल खत्री म्याग्दी २२ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका – ५ मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकी भवन अल्पत्र परेको छ । विगत तीन बर्षदेखि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जिर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित बनिरहेको छ । दुई वर्ष भित्रमा... पुरा पढ्नुहोस

मौवाफाँटमा १० बेड क्षमताको अस्पताल निर्माण गरिने, बेग स्वास्थ्य चौकी पुननिर्माण हुँने

म्याग्दी २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको... पुरा पढ्नुहोस

बेनीको बन्दा बन्दी कात्तिक २८ गतेसम्म गर्ने निर्णय

म्याग्दी २० कात्तिक । सदरमुकाम बेनी सहित जिल्लाभित्र बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकामा लगाईएको बन्दाबन्दिलाई कात्तिक २८ गतेसम्म जारी राख्ने निर्णय भएको छ । बेनी नगरपालिकाको सिफारिसमा डिसिसिएमसिको बैठकले कोरोना संक्रमणको रोकथामका लागि भन्दै बन्दलाई लम्बाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक जरुरी... पुरा पढ्नुहोस