पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण

  • ३१ श्रावण २०७८, आईतवार
  • 1940 पटक पढिएको

म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ।

धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ। यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजङ्गलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपुर्ण गाउँपालिका २ का वडाअध्यक्ष ओमप्रकाश फगामीले बताए ।


मान्द्रेढुङ्गादेखि मुन्द्रा चढाउने डाडामा जाने बाटोमा पर्ने विभिन्न भाडावर्तन, पंक्षी, जनावरका आकृतीहरु अवलोकन गर्न सकिन्छ । नजिकै झरना पनि रहेको बराह गुफाको धार्मिक महत्व समेत छ । मगल सस्कृति अनुसार जनैपुर्णिमाको अवसमार पुर्जाआजा गरेकोमा मागेको ईच्छा पुरा हुने स्थानीयको जनविश्वास रहेको छ । जहाँ झरनासंगै रहेको गुफामा वडाले पुर्वाधार निर्माण गरेको छ।


मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ। अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको वडाअध्यक्ष फगामीले जानकारी दिए ।यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको रु सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ।


धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडाबाट हिमाल, पहाडी भुगोल, बनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । गाउँपालिकाले लुकेर रहेका विभिन्न मनमोहक दृष्य अवलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरु, बनजंगल, तालतलैया, जडिबुटी, झरनाहरुलाई संरक्षण तथा पुर्वाधार निर्माणमा जोड दिएको छ।