विशेष

म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस

कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल

म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन... पुरा पढ्नुहोस

बेनीबाट भैरहवा जाँदै गरेकाे बस आँबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते

तनहुँ ११ मंसिर ।  तनहुँको आँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो । घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको... पुरा पढ्नुहोस

रघुगंगाको मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

म्याग्दी, १० मंसिर ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा... पुरा पढ्नुहोस

गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने मौवाफाँटमै अस्पताल बनाउन ध्यानकर्षण

म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे

कमल खत्री म्याग्दी ९ मंसिर ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो । मित लगाउने बिषयमा पहिले... पुरा पढ्नुहोस

घाइते भइ स्वास्थ्य सेवा लिइरहेका रिजालको उपचारमा राखु समाज अष्ट्रेलियाद्धारा सहयोग

म्याग्दी ८ मंसिर । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालबाट स्वास्थ्य सेवा लिईरहेका रघुगंगा गाउँपालिका–३ पिप्लेका २२ बर्षिय अवतार रिजालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । अध्ययन र रोजगारिको सिलसिलामा अष्ट्रेलियामा पुगेका राखुबासीहरुको संस्था राखु समाज अष्ट्रेलियाको अगुवाईमा रिजालको उपचारमा रु ६१ हजार १ सय ६०... पुरा पढ्नुहोस

म्याग्दीमा मृत्यु पछि एक जनामा कोरोना पुष्टि

मंसिर ८ गते । म्याग्दीमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । विरामी भई थप उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटैमा निधन भएका रघुगंगा गाउँपालिका–१ का ८४ बर्षिय बृद्धको सोमबार पिसिआर रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने उहाँको स्वास्थ्यमा... पुरा पढ्नुहोस

कुमारी बहुउदेश्यीय सहकारी म्याग्दीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानीत

म्याग्दी ७ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले नवौँ राष्ट्रिय कर दिवसको अवसरमा आईतवार सहकारीलाई आर्थिक बर्ष २०७५/७६ मा म्याग्दी जिल्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख कर अधिकृत... पुरा पढ्नुहोस

गलेश्वरमा सहायक ठेकेदारले अल्पत्र छाडेको पुल निर्माणमा जुट्यो मुख्य ठेकेदार (भिडियाे सहित)

म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ जोड्ने रघुगंगा नदीमा निर्माणधिन अबस्थामा अल्पत्र बनेको मोटरेबल पुल निर्माण कार्य अघि बढेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति नभएको यस योजनाको सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सचिन क्षत्री योजनालाई अल्पत्र बनाएर सम्पर्कविहिन भएपछि पुल निर्माण कार्य... पुरा पढ्नुहोस