विशेष
मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य बढ्यो (फोटोफिचर )
- 3 बर्ष, 8 महिना अगाडि
- १९ आश्विन २०७८, मंगलवार
म्याग्दी, १९ असोज । दशैँलाई लक्षित गरि बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमाल पारिको जिल्ला मुस्ताङबाट ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेपछि सर्वसाधारणको लागि दशैँ खर्चिलो बन्ने भएको छ । गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको... पुरा पढ्नुहोस
विद्यालयलाई प्रविधिमैत्री बनाउन जलजला गाउँपालिकाद्वारा ल्यापटप र प्रिन्टर वितरण
- 3 बर्ष, 8 महिना अगाडि
- १९ आश्विन २०७८, मंगलवार
जलजला, १९ असोज । पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयहरूलाई ल्यापटप, फोटोकपी, प्रिन्टर लगायतका सामग्रीहरू वितरण गरेको हो । आधारभूत विद्यालयदेखि माविसम्मको विद्यालयहरूको लागि आई.सी.टी उपकरणहरू सहयोग गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।... पुरा पढ्नुहोस
सहमती कार्यान्वयनको लागि दबाब दिन नेकपाद्धारा प्रशासन कार्यालयमा धर्ना
- 3 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज । नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग भएको तीन बुँदे सहमती यथाशीघ्र कार्यान्वयनको माग गर्दै दबाबमुलक आन्दोलन सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार नेकपा म्याग्दीले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम म्याग्दी इन्चार्ज ध्रुव घिमिरेको नेतृत्वमा पार्टीका नेता... पुरा पढ्नुहोस
च्याङ्ग्रा लिन मुस्ताङ गएका व्यापारी भन्छन्ः जोमसोममै च्याङग्राको मूल्य दश हजारसम्म बढेको छ
- 3 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज। दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला... पुरा पढ्नुहोस
सिमको फाँटमा धानखेती (फोटो फिचर)
- 3 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
बेनी, १८ असोज । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा गरिएको धानखेतिको फाँट । यहाँको फाँटमा धान खेती हुँदै आएको छ । समथर फाँटको धान खेतीले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
सडकका ठेकेदारले अवैध रूपमा मासे दुरबिनडाँडाको पहाड (भिडियो र तस्विर सहित)
- 3 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
म्याग्दी १८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको दुरबिन डाँडाको पहाडलाई सडक निर्माण गर्ने निर्माण कम्पनीले ध्वस्त बनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत कालोपत्रे सहित सडक स्तरोन्नती गर्न पोखरेबगर, घार, शिख चित्रे सडकमा परिचालित निर्माण कम्पनी मोतिदान–जयमाता जेभीले कार्यक्षेत्रमा राखेको क्रसरका लागि पहाडलाई ध्वस्त बनाएका हुन् । https://www.youtube.com/watch?v=fzT-biPSqWM सडकको... पुरा पढ्नुहोस
हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान (तस्बिर)
- 3 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०७८, सोमबार
बेनी, १८ असोज । गत बैशाख२८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई बेनीमा सम्मान गरिँदै । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान... पुरा पढ्नुहोस
११ औँ तोरन्ल्ह गोल्डकपको उपाधी म्याग्दीको दरबाङलाई (भिडियो र तस्बिर सहित)
- 3 बर्ष, 8 महिना अगाडि
- १७ आश्विन २०७८, आईतवार
म्याग्दी १७ असोज । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न ११ औँ केन्द्रीय तारन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारोखेल प्रतियोगिताको उपाधि म्याग्दीको दरबाङमा रहेको थकाली सेवा समाज रातोढुंगा क्षेत्रले हात पारेको छ । आईतवार सम्पन्न प्रतियोगितामा बिजेता बेनको दरबाङ (रातोढुंगा)लाई नगद रु १ लाख सहित सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत... पुरा पढ्नुहोस
बिद्युत पोलको भाडा नतिर्ने केबुल तथा इन्टरनेटको लाइन काटियो
- 3 बर्ष, 8 महिना अगाडि
- १६ आश्विन २०७८, शनिबार
बेनी, १६ असोज । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको छ । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा नतिरेकाहरुको फाइबर काटिदिएपछि निजी कम्पनीहरुद्धारा सञ्चालित इन्टरनेट तथा केबुल सेवा ठप्प बनेको छ । नेपाल... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको १४ औं साधारण सभा
- 3 बर्ष, 8 महिना अगाडि
- १६ आश्विन २०७८, शनिबार
बेनी, १६ असोज । सदरमुकाम बेनीसहित, घतान र मौवाफाटँबाट कारोबार गर्दै आएको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। ४६४ शियर सदस्य रहेको मुक्तिनाथ सहकारीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति, आर्थिक, आगामी लक्ष्यसहित गतिविधिहरु सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना... पुरा पढ्नुहोस