रघुगंगामा कर सम्वन्धी अभिमुखरण
- १५ फाल्गुन २०७८, आईतवार
- 677 पटक पढिएको
म्याग्दी, १५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कर सम्बन्धी अभिमुखीकरण गरिएको छ । रघुगंगाभित्र विभिन्न पेशा र ब्यवसाय गरेका फर्मका संचालक तथा ब्यवसायिलाई उपस्थित गराएर कर सम्वन्धी जानकारी गराएको हो ।
रघुगंगा गाउँपािलका आयोजना, घरेलु कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा आईतबार ब्यवसाय दर्ता शिविर र कर सम्वन्धी अभिमुखीकरण गरेका थिए । करिव एकसय जना सहभागि रहेको अभिमुखीकरण तालिमको सहजीकररण प्रमुख प्रशासकीय अधिकृत अमित सुवेदी, कुशल ढुंगाना, उत्तम कर्माचार्यले गरेका थिए ।
घरेलु कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तम कर्माचार्य र प्रथम उपाध्यक्ष राजेश शाक्यको उपस्थित भएको थिए । अध्यक्षता रघुगंगा बजार ईकाई समितिका अध्यक्ष यामकुमारी गर्बुजाको अध्यक्षतामा भएको अभिमुखीकरण तालिमको सहजीकरण लेखा अधिकृत खगराज सुवेदीले गर्नुभएको थियो ।