मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )

  • १४ फाल्गुन २०७८, शनिबार
  • धिरन खत्री
  • 1083 पटक पढिएको

म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो ।


पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता प्रवेश गरेका थिए । नेपाली कांग्रेसका पुर्व जिल्ला आमन्त्रित सदस्य र हाल क्रियाशिल सदस्य रघुगंगा गाउँपालिका २ भगवतीका शुशिल मल्ल र नेकपा एमाले निर्वाचित वडानम्वर २ की वडा सदस्य रशिला परियार र नेकपा एमाले वडा कमिटी सदस्य रमेश कटुवाल सहित एक दर्जन बढी नेता तथा कार्यकता माओवादीमा प्रवेश गर्नुभएको थियो ।


नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रवेश गरेका नेताद्वाय मल्ल र परियार लगायतलाई गण्डकी प्रदेश सदस्य केसी, नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका इन्चार्ज रिमबहादुर कटुवाल र गाउँपालिका कमिटी हरी भण्डारीले सम्मान गर्दै पाटी सदस्यता दिएर प्रवेश गराउनुभएको थियो ।


मल्ल नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला आमन्त्रि सदस्य एवम् क्रियाशिल सदस्य थिए । भने, परियार एमालेबाट रघुगंगा गाउँपालिका– २ मा निर्वाचित वडा सदस्य एवम् नेकपा एमालेको नवौँ अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै पाटी प्रवेश गर्नुभएका कटुवाल नेकपा एमाले वडानम्वर २ का वडा कमिटी सदस्य हुनुहुन्थ्यो ।


पाटी प्रवेश गर्दै मल्लले देश नेकपा माओवादीको केन्द्रको एजेण्डाले चलेको बताउदै माओवादी केन्द्र र जनताका पक्षमा रहेका ऐजण्डालाई स्थापित गराएर अघि बढ्न पाटी प्रवेश गरेको भन्नुभयो । उहाँले स्थानीय तहमा माओवादीको नेतृत्व स्थापित गर्न सक्रिय भएर परिचालित हुन सबैलाई आग्रह गर्नुभयो ।


पाटी कार्यालय स्थापनमा बोल्दै गण्डकी प्रदेश सदस्य केसीले पाटी कार्यालय स्थापनाले आगामी स्थानीय तह, प्रदेश र संघको चुनावमा कार्यकर्तासंग सहजीकरण अघि बढ्न सहयोग पुग्ने बताउनुभयो । एमाले र कांग्रेसको नेतृत्व रहेको स्थानीय तहमा संघियताको मर्मविपरित संचालन गरेर उपलब्धी विहिन बनाएको भन्नुभयो । माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न आगामी निर्वाचनमा माओवादीलाई साथ दिन आग्रह गर्नुभयो ।


गाउँपालिका इन्चार्ज एवम् वडा अध्यक्ष कटुवालले संघियताले गर्दा रघुगंगा गाउँपालिकालाई केन्द्रिय सरकारले चिन्ने अवसर मिलेको बताउनुभयो । बेनीमा केन्द्रित रहेको सेवा संघियताले गाउँगाउँमा पु¥याएर सहज भएको कुरा जनताले बुझ्न् आग्रह गर्नुभयो । माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा महिला, दलित, आदीबासी जनजाती महिलाले अवसर सुनिश्चित गरेको कुरा रघुगंगाबासीले बुझ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष भण्डारीको अध्यक्षता, जिल्ला सदस्य घनश्याम परिवारको स्वागत र गाउँपालिका कमिटी सचिव भविन्द्र शेरपुञ्जाको संचालनमा रहेको कार्यक्रममा वडा कमिटीका अध्यक्ष, सचिव लगायतका कार्यकताले वडाका गतिविधि र आगामी रणनीतिबारे नेतृत्वलाई जानकारी गराएका थिए । कार्यालय उद्घाटनसंगै बसेको बैठकले आगामी निर्वाचन लक्षित रणनीति तयार गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l