नेकपा (एकीकृत समाजबादी) बेनी नगर कमिटि गठन

  • १३ फाल्गुन २०७८, शुक्रबार
  • 916 पटक पढिएको

बेनी, १३ फागुन । नेकपा एकीकृत समाजबादी म्याग्दीले बेनी नगरपालिकामा नगर कमिटी गठन गरेको छ । शुक्रबार एकीकृत समाजबादी म्याग्दीले आयोजना नगर भेलाले मुक्ति बहादुर पाईजाको नेतृत्वमा ५१ सदस्यीय बेनी नगरपालिका कमिटि गठन गरेको हो ।


नगर कमिटीको उपाध्यक्षमा बसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा विमला परियार रहेको ५१ सदस्यी कमिटी चयन गरेको एकीकृत समाजबादीका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिनुभएको छ । जिल्ला अध्यक्ष विश्वकर्माले स्थानीय तहको निर्वाचित लक्षित गरेर पालिका कमिटी गठनलाई तिव्रता दिएको बताउनुभयो । बेनी नगरपालिकासंगै शनिबार धवलागिरी गाउँपालिकामा कमिटी विस्तार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।


नगर कमिटी गठन कार्यक्रममा गण्डकी  प्रदेश कमिटी सचिवालय सदस्य देउप्रसाद छन्त्याल, जिल्ला उपाध्यक्ष हेमराज शर्मा र सचिव दुर्गा कार्की लगायतको उपस्थित रहेको थियो ।