विशेष

अनुदानमा बनेका ‘होमस्टे’ व्यक्तिगत सम्पतिमा परिणत

  म्याग्दी, ६ पुस । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा... पुरा पढ्नुहोस

काम नगर्ने ठेकेदारको बैंक जमानत जफत

म्याग्दी, ६ पुस । कालीगण्डकी कोरीडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत काम नगर्ने दुई ठेकेदार कम्पनीको बैंक जमानत जफत भएको छ । आयोजनाले दुई निर्माण कम्पनीको बैंक जमानत रहेको ५ करोड ९ लाख रकम जफत गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोशी पपु गौरी पार्वती... पुरा पढ्नुहोस

विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु

बेनी, ५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक सहित स्काभेटर... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

म्याग्दी ४ पुस। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित हुनुभएको छ । शनिबार देखि बेनीमा सुरु भएको संगठनको १३ औँ जिल्ला अधिवेशनबाट हमाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवनिर्बाचित कार्य समितिको उपाध्यक्षमा रमेश सिं ठकुरी, महिला उपाध्यक्षमा बिरमाया बिश्वकर्मा, सचिवमा भिम... पुरा पढ्नुहोस

एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन (फोटो र भिडियो सहित)

बेनी, ४ पुस ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गर्नुभएको हो । खड्का, उहाँका भाईं प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा... पुरा पढ्नुहोस

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा २ पुस। राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्बृद्धीको आधार बनाउनुपर्ने बताउनुभयो ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल निर्माण

म्याग्दी, ३ पुस । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा... पुरा पढ्नुहोस

सडक आयोजनाका ठेकदारले पारिश्रमीक नदिएपछि कामदारको हारगुहार

म्याग्दी, ३ पुष । कालीगण्डकी कोरीडोरको बेनी जोमसोम आयोजना अन्तरगत म्याग्दीको नारच्याङ चोकदेखि मुस्ताङको घासाँस्थित कैकु खोलासम्मको सडक निमार्णको जिम्मा लिएको निर्माण कम्पनीले पारिश्रमिक नदिएपछि कामदारले हारगुहार गर्न थालेका छ । १७ किलामिटर कालोपत्रेसहित स्तरोन्नतीको जिम्मा लिएको शर्मा गजुरमुुखी जेभिले विगत १३ महिनादेखि नियममित रुपमा गर्ने कामदारलाई पारिश्रमिक नदिएको कामदार... पुरा पढ्नुहोस

पारिवारीक निजी वन संघ रघुगंगा गाउँपालिका अध्यक्षमा भण्डारी चयन

बेनी ३ पुस । पारिवारीक निजी वन संघ रघुंगगा गाउँपालिका अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । शुक्रबार म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित शिव भ्यालीमा सम्पन्न पालिका स्तरीय निजी किसानहरुको भेलाबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रमाकुमारी कटुवाल,सचिवमा राजकुमार भण्डारी ,सहसचिवमा राजकुमारी गर्बुजा ,कोषाध्यक्षमा डम्मरकुमारी... पुरा पढ्नुहोस

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, १ पुष । मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक... पुरा पढ्नुहोस