स्वतन्त्र उम्मेद्वार सागर भण्डारीले गराए रघुगंगा गाउँपालिको अध्यक्षमा उम्मेदवारी दर्ता

  • ११ बैशाख २०७९, आईतवार
  • 1071 पटक पढिएको

 

म्याग्दी,११ वैशाख । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवा सागर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।


भण्डारीले आईतबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उनीसंगै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र युवा अनुरोध रिजाल, वडानम्वर २ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठ र वडानम्वर २ को खुल्ला सदस्यमा राजकुमार परियारले उम्मेदवारी दर्ता गर्नुभएको छ ।