विशेष

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी २२ पुस । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत... पुरा पढ्नुहोस

महतलाको भिरमा सड्को ट्याक निर्माण, एक सय मिटर सडक खन्न दुई वर्ष लाग्यो

म्याग्दी, २२ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि बल्ल सडक बनाएको... पुरा पढ्नुहोस

न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा

  म्याग्दी, २१ पुस । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदय... पुरा पढ्नुहोस

पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न

म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस

म्याग्दीमा एमाले जिल्ला अधिवेशनको तयारी तिब्र

म्याग्दी २० पुस । नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पुस २३ र २४ गते सदरमुकाम बेनीमा हुने अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि जिल्ला स्तरका नेता आन्तरिक तयारीमा जुटिरहेका... पुरा पढ्नुहोस

बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग

म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो । मंगलवार बेनीमा मोनाका... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक स्तरोन्नती गरिँदै (तस्बिर)

बेनी, २० पुस । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नती गरिँदै । यस सडकखण्डमा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत मुस्ताङको कोरला सम्मकोे सडकलाई स्तरोन्नती गर्ने काम भैरहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दरबाङ म्याग्दीखोलाको सुरुङ खन्ने तयारी ( तस्वीर)

बेनी, २० पुस म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनील निर्माण गर्न लागेको यस आयोजनाको सुरुङमार्ग निर्माण सुरु भएको छ । तस्वीर ः कमल खत्री पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका सबै वडालाई बालश्रममुक्त घोषणा

बेनी, १९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाको ८ वटै वडालाई... पुरा पढ्नुहोस

क्षमता अभिवृद्धि पत्रकारीता तालिम सम्पन्न

  बेनी, १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानाीमा आयोजित पत्रकारको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छे । तीन दिनसम्म संचालनभएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । तालिमा उपस्थित पत्रकारलाई खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक... पुरा पढ्नुहोस