एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री

  • ११ बैशाख २०७९, आईतवार
  • 787 पटक पढिएको

 

पर्वत, ११ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका–४, मुडिकुवाको वाड अध्यक्षको उम्मेदवारमा लोकनाथ भुसाल (घायलश्री) चयन गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षको उम्मेदवारमा चयन गरेको हो ।

त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली चयन भएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले पार्टीका तर्फबाट उम्मेद्वारको रुपमा अगाडि सारिएका सदस्यहरुलाई पार्टीको नीति र अनुशासनमा रहेर काम गर्न निर्देशन दिनुभयो । फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले गठबन्धनको मर्म र औचित्य अनुसार नै आफूहरु अगाडि बढ्ने भएको हुँदा गठबन्धन गर्ने कुरामा एकीकृत समाजवादीबाट धोका हुने कुरा सोच्न पनि नसकिने बताउँनुभयो ।

प्रदेस सदस्य चिरञ्जीवि शर्मा, छवि गौडेल, जिल्ला सचिवालय सदस्य रामेश्वर गौतम, फलेवास नगरपालिका–६ देविस्थानका कमिटी सचिव सुरजकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । नगर अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव विष्णु रिजालले गर्नुभएको थियो ।