कांग्रेसबाट मेयरका उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

  • ११ बैशाख २०७९, आईतवार
  • 1483 पटक पढिएको

 

म्याग्दी, ११ बैशाख । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माले प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका उम्मेद्वार बन्नुभएका शर्माले निर्वाचनमा विजयी भएपछि नगरलाई समृद्ध र खुशी नगर बनाउन पाचँबर्षभित्रको कार्यकालमा गनुपर्ने काम समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।


नेपाली कांग्रेसको पाटी कार्यालयमा पत्रकार सम्मले गर्दै शर्माले नगरभित्र रहेका १० वटै वडामा सन्तुलित र समानुपातिक विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा शर्माले पुर्वाधार तथा वातावरण र युवा स्वरोजगार, सुशासन, क्षमता अभिवृद्धि र सामाजिक सुरक्षा तर्फ, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकास तर्फ, आर्थिक उपर्जन तथा आयआर्जनतर्फ, सस्कृति तथा पर्यटन तर्फ र विविध लगायतको मुख्य ५वटा विषयमा समेट्ेर प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक प्रतिवद्धता पत्रमा उहाँले– “पाचबर्षभित्र बेनी नगरभित्रमा बेनीदेखि प्रत्येक वडा कार्यालयमा पुग्ने सडक कालोपत्रे गर्ने, नगरका सबै नागरिकले सुशासनको प्रत्याभूति हुने लोकतान्त्रि मूल्य र संस्कारको विकास गर्ने, छुवाछुत मुक्त नगरपालिका कायम गर्ने, सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने, एकल पुरुष भत्ता ब्यवस्था मिलाउने, आर्थिक आर्यआर्जन तर्फ वृद्धि गराउन हरेक वडामा एक बस्तु उत्पादनको पकेट क्षेत्र घोषणा गर्ने, नगरभित्रका वडामा २४ घण्टा नगर एम्वुलेन्स सेवा ब्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्ने, युद्ध संग्रालय स्थापना गरेर युद्धपोल फिर्ता ल्याउने, तत्काल विपद ब्यवस्थापन गर्नका लागि विपद राहत कोष स्थापना गर्ने लगायतको योजनाहरु सार्वजनिक गर्नुभएको छ ।”

नगरलाई आत्मनिर्भर गराउन गाई, भैसी, कुखुरा, फलफूल, तरकारी लगायतको पकेट क्षेत्र निर्धारण गरी प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम लागु गरिने जनाउनुभएको छ । “हरेक उत्पादनमा मयेर” कार्यक्रम लागु गरी उत्पादन तथा आर्यआर्जनलाई प्रोत्साहन गर्ने, गलेश्वरेदखि टोड्के पदमार्ग निर्माण फोहोर ब्यवस्थापनका लागि एकबर्षभित्र डम्पीङ्ग साईटको ब्यवस्था गर्ने र नगरभित्रका धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

नगरबासीको सुझाव, सल्लाह अनुसार सम्भाब्यता अध्ययन गरी गुरुयोजना निर्माण गरेर थप विकास योजनाहरु अघि बढाउने र विगतका राम्राकामलाई निरन्तरता दिने समेत प्रतिवद्धतामा उल्लखे गर्नुभएको छ ।

बेनी नगर समितिका सभापति रविन्द्र कार्कीको अध्यक्षतामा भएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका सभापति खमविर गर्वुजा, संविधान सभा सदस्य रेशम बानियाँ, उपसभापति केवि भण्डारी लगायतको उपस्थित रहेको थियो ।