एकीकृत समाजबादीका अध्यक्ष विश्वकर्मा मेयरको उम्मेदवार

  • १० बैशाख २०७९, शनिबार
  • 771 पटक पढिएको

म्याग्दी, १० बैशाख । नेकपा (एकीकृत समाजबादी) ले बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ ।


बेनीस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकीकृत समाजबादीको नगर कमिटी बैठकले पाटीका जिल्ला अध्यक्ष समेत रहेको विश्वकर्मालाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरमा सिफारिस हुनुभएका विश्वकर्मा हाल बेनी नगर कार्यपालिकाको सदस्य हुनुहुन्छ ।

बेनी नगरपालिका– २ मा कुलबहादुर थापा, ५ मा चनबहादुर पाईजा, ६ मा महेन्द्र बानियाँ, १० मा मुक्ति पाईजालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको सचिवालय सदस्य बसन्त बानियाँले जानकारी दिए ।