विशेष
अबिरल बर्षाको कारण फुलवारीमा एक घर भत्कियो
- 3 बर्ष, 1 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २२ असोज । अबिरल बर्षाको कारण म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीमा एक घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर बर्षाको कारण भत्किएको हो । आज विहान करिब ५ः ४५ बजेतिर भण्डारीको दुई तले घर पूर्ण रुपमा भत्किएको वडा सदस्य जितबहादुर खत्रीले जानकारी दिनुभयो ।विहानपख घर भत्किएको कारण मानविय... पुरा पढ्नुहोस
एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन
- 3 बर्ष, 1 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा म्याग्दीमा: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस
- 3 बर्ष, 1 महिना अगाडि
- २२ आश्विन २०७९, शनिबार
म्याग्दी २१ असाेज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २०... पुरा पढ्नुहोस
घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट
- 3 बर्ष, 1 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
काठमाण्डौ २१ असोज । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै... पुरा पढ्नुहोस
अबिरल वर्षाले मार्फाको फाराम खोला उर्लियो, स्थानीय त्रसित
- 3 बर्ष, 1 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
जोमसोम १९ असाेज । मुस्ताङको मार्फास्थित फाराम खोला उर्लिदा स्थानीय त्रसित बने । लगातारको अविरल वर्षासँगै शुक्रबार बिहान ४ बजेदेखि फाराम खोलाको बाढी उर्लिन थालेको हो । बाढीले मार्फास्थित कालोपत्रे सडक र आशिंक स्याउबारीमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै एकसाथै बाढी उर्लिएर आएपनि तत्कालको जोखिम भने टरेको बताइएको छ... पुरा पढ्नुहोस
पहिराले दसैँका बेला घर छाडेर भागाभाग
- 3 बर्ष, 1 महिना अगाडि
- २१ आश्विन २०७९, शुक्रबार
बागलुङ २१ असाेज । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे... पुरा पढ्नुहोस
तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा
- 3 बर्ष, 1 महिना अगाडि
- २० आश्विन २०७९, बिहीबार
ढोरपाटन, २० असोज : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्को स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो ।... पुरा पढ्नुहोस
म्याग्दीमा दसैँमा भित्रियो चालीस करोड रेमिट्यान्स
- 3 बर्ष, 1 महिना अगाडि
- २० आश्विन २०७९, बिहीबार
गलेश्वर २० असाेज । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैँमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दसैँको फुलपातीको अघिल्लो दिन (षष्ठी)सम्म रु चालीस करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । विदेशमा... पुरा पढ्नुहोस
खबरा गाउँभरि केरा खेती विस्तार
- 3 बर्ष, 1 महिना अगाडि
- २० आश्विन २०७९, बिहीबार
म्याग्दी, २० असोज । म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक... पुरा पढ्नुहोस
टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन
- 3 बर्ष, 1 महिना अगाडि
- १९ आश्विन २०७९, बुधबार
म्याग्दी १९ असोज । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्... पुरा पढ्नुहोस