बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

  • १७ पुष २०७९, आईतवार
  • धिरन खत्री
  • 751 पटक पढिएको

म्याग्दी, १७ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। खुल्लामञ्चमा आईतबारदेखि संचालन भएको राष्ट्रप्रति रनिङ्गशिल्ड प्रतियोगितामा नगरभित्रका २५ विद्यालय सहभागितामा रहेको छ ।


नगरप्रमुख सुरज केसीको अध्यक्षतामा सुरुको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । १९ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई रु. एकाउन्न हजार, ४० हजार र ३० हजार पुरस्कारसहित शिल्ड, विजेता खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक एवम् नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीहरुको सहभागितामा पञ्चेबाजासहित बजार¥याली प्रश्चात खुल्लामञ्च प्रतियोगिता संचालन गरिएको थियो । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा छनोट गरिने छ ।

उपप्रमुख ज्योति लामिछानेको स्वागत, शिक्षा अधिकृत कमल ढकालको संचालनमा भएको उद्घाट्न कार्यक्रममा जिसस प्रमुख थापा, नगरप्रमुख केसी, प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रतियोगिताका संयोजक कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले मन्तव्य राख्नुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l