जनतालाई कानुन अनुसारको सेवा सहज रुपमा उपलब्ध हुन्छः नवआगन्तुक प्रअिज पौडेल

  • १८ पुष २०७९, सोमबार
  • 357 पटक पढिएको

बेनी, १८ पुस । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभएको छ। सोमबार जिल्लामा कार्यरत पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई सहजीकरण गर्ने जनाउनुभएको हो ।


ग्हमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही सबैमा समान रुपमा कार्यान्वयन गर्ने, जनताले पाउने सूचना र सेवामा निरन्तर लागि पर्ने समेत बताउनुभयो । उहाँले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसंग समन्वय गरेर कोभिड लगायतको महामारीको नियन्त्रण र जोखिमबाट जिल्लालाई बचाउन समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका पत्रकारले प्रशासनको सेवाप्रवाहमा जनमैत्री बनाउन र सरकारी कार्यालयको सूचना तथा प्रगति जनताले सहज रुपमा थाहा पाउने वातावरणमा सहजीकरण गर्न, जिल्लाभित्रका अलपत्र योजनालाई गति दिन, सुरक्षा निकायलाई जनमैत्री बनाउन, सरकारी कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतको विषयमा सहजीकरणका लागि ध्यानाकषर्ण गराएका थिए ।