पौडेलद्वारा जन्मदिनको अवसरमा कलाकार कल्याणकारी कोषमा सहयोग

  • १८ पुष २०७९, सोमबार
  • 409 पटक पढिएको

म्याग्दी १८ पुस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका सह–कोषाध्यक्ष नारायण पौडेलले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि कलाकार पौडेलले प्रतिष्ठान अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषमा नगद रु ५ हजार सहयोग प्रदान गर्नुभएको छ ।
उक्त रकम पौडेलले कोषका अध्यक्ष अमित विश्वकर्मा र कोषाध्यक्ष देवि जिसीलाई हस्तान्तरण गर्नुभएको हो । बेनी नगरपालिका –६ निवासी पौडेल नाट्य तथा वाद्यवादन विधाको कलाकार हुनुहुन्छ । सहयोग प्रदान गर्दै पौडेलले फजुल खर्च गरेर जन्म दिन मनाउनु गलत रहेको भन्दै अनावश्यक हुने खर्चलाई कटाएर आफु आवद्ध संस्था प्रतिष्ठानको कलाकार कल्याणकारी कोषमा सहयोग उपलब्ध गराएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोषका अध्यक्ष विश्वकर्माले महत्वपूर्ण अवसर पारी कल्याणकारी कोष वृद्धिका लागि सहयोग प्रदान गरेकोमा पौडेललाई आभार प्रकट गर्नुभएको थियो । उहाँले प्रतिष्ठानका अरु सदस्यहरुले पनि आफ्नो महत्वपूर्ण अवसरहरुमा कोषमा सहयोग गर्ने बानी बसाल्न आव्हान गर्नुभयो । पौडेललाई कोषका अध्यक्ष विश्वकर्मा र प्रतिष्ठानका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेले दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । प्रतिष्ठानले केक काटेर पौडेललको जन्मउत्सम समेत मनाएको थियो ।

कार्यक्रममा प्रतिष्ठानमा म्याग्दीकी महिला उपाध्यक्ष देवि जिसी, कोषाध्यक्ष मिलन विश्वकर्मा, सचिव विजुन केसी, सहसचिव सुनिल बानियाँ, प्रवक्ता जीवन कार्की, सदस्य शंकर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका कलाकारहरुको विपतमा सघाउनका लागि प्रतिष्ठानले अध्यक्ष देवेन्द्र घिमिरेको कार्यकालमा रु १ लाख ५० हजारको कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । कोष संचालनका लागि विश्वकर्माको अध्यक्षता पाँच सदस्यीय समिति समेत गठन भएको छ । कलाकारलाई परेको अप्ठ्यारोमा सघाउनका लागि स्थापना गरिएको कोषमा रकम वृद्धि गर्नका लागि सवै संग सहकार्य गरिने प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।