विशेष

कित्ताकाट खुलाउनका लागि बेनीमा जग्गा वर्गीकरण सम्पन्न

  म्याग्दी, १३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि कित्ता काट खुलाउने गरी नगरभित्रको जग्गा वर्गीकरण सम्पन्न गरेको छ। आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने गरी जग्गा वर्गीकरणलाई कार्यापालिकाबाट निर्णय गरेर १३ औँ नगरसभाबाट अनुमोदन भएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । नगरप्रमुख केसीका अनुसार, अनुमोदन गरेको जग्गा वर्गीकरण सहितको निर्णयलाई... पुरा पढ्नुहोस

ताराखेतमा जोखिमपूर्ण सडक ढलान गरेर स्तरोन्नती

म्याग्दी , १३ असार । म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतमा जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नती गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट ताराखेत–सल्यान–भर्जुला–हिदी सडक अन्तरगत ताराखेतका उकालोको जोखिमपूर्ण सडकलाई स्तरोन्नती गरिएको हो । बेनी–बावियाचौर सडकखण्डको ताराखेतकोको चोक नजीकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता... पुरा पढ्नुहोस

अन्नपूर्णले मेयर कप बास्केटबलको उपाधी जित्ने खेलााडीलाई गर्‍यो भब्य सम्मान

  म्याग्दी, १२ असार । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ। कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागि भएर राष्ट्रियस्तरको उपाधी जित्ने खेलाडीलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।... पुरा पढ्नुहोस

जलजलामा विद्यार्थीबीच चित्रकला प्रतियोगिता

  पर्वत, १२ असार । जलजला गाउँपालिकामा बालबालिकाबीच चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा जलजला ३ पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविका छात्रा कञ्चन पुर्जा पुनले प्रथम स्थान हासिल गर्नुभएको छ ।... पुरा पढ्नुहोस

८२ बर्षिया ज्येष्ठ नागरिकले बुनेका गलैचा अमेरिका निर्यात

  म्याग्दी, १२ असार । : मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षिया यामकुमारी पुनले सामाजिक कार्यसंगसंगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिनुभएको छ । उमेरले बृद्ध अवस्थामा पुर्‍याएपनि पुनको दैनिकी भने सक्रिय छ । बुनाई सम्बन्धि सिपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी पुनले बुन्नुभएको गलैचा स्वदेश देखि विदेशसम्म विक्रि हुने गरेको छ... पुरा पढ्नुहोस

गुर्जामा ४३ दिनमै खानेपानी योजना सम्पन्न

म्याग्दी  १२ असार । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुवानी गर्नुपर्छ... पुरा पढ्नुहोस

म्याग्दीका ६ स्थानीय तहको बजेट तीन अर्व २ करोड

  म्याग्दी, ११ असार । म्याग्दीका ६ स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि रु ३ अर्ब २ करोड ४५ लाख १० हजार ५०० को बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरापलिका र पाचँ गाउँपालिकाले नगरसभा तथा गाउँसभाबाट आगामी आवको लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस

म्याग्दीमा खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका लागि रु. चौध करोड

म्याग्दी, ११ असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिचाई आयोजना निर्माणका लागि रु. चौध करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले ९५... पुरा पढ्नुहोस

मालिकामा करिव ४६ करोड बजेट

  दरबाङ, ११ असार । मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि... पुरा पढ्नुहोस

कालीसारमा गुराँस ‘पार्क’

  म्याग्दी, १० असार । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालीसारमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “उद्यान बनाउन डिभिजन... पुरा पढ्नुहोस