म्याग्दी जेसीजद्धारा जामुनाखर्कमा विद्यार्थीको आँखा परिक्षण

  • २ चैत्र २०८०, शुक्रबार
  • 233 पटक पढिएको

युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले बेनी नगरपालिका–६ अथुङ्गे स्थित जामुनाखर्क माविमा नःशूल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित शिविरबाट ६५ जना छात्र, ५३ जना छात्रा र ३२ जना शिक्षक कर्मचारीहरु गरी कुल १५० जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक गोकुल विश्वकर्माले जानकारी दिनुभयो ।
शिविरमा म्याग्दी जेसीजका शाखा अध्यक्ष समेत रहनुभएका नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गर्नुभएको थियो । शिविरमा विद्यार्थीहरुको दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृष्टी नसा,रेटिना लगायतको जाँच गरिएको नेत्र अधिकृत बानियाँले बताउनुभयो । आँखा परिक्षणको क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका चार जना विद्यार्थीहरुलाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चस्मा माग गरि उपलब्ध गराउने म्याग्दी जेसीजले जनाएको छ ।
कार्यक्रममा बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादब सुवेदीले विद्यालयमै आएर विद्यार्थी र शिक्षकहरुको आँखा जाँच गर्दा विद्यार्थीहरुमा रहेको आँखा सम्वन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताउनुभयो । यस अघि म्याग्दी जेसीजको आयोजनामा धवलागिरि माविमा २११ जना र सरस्वती माविमा २१७ जनाको आँखा जाँच गरिएको थियो । १८ बर्ष देखि ४० बर्ष भित्रका युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसीजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला संस्कृति र पर्यटन प्रवद्र्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।