ढकमक्क गुराँस र धौलागिरि हिमाल (तस्बिर)

  • २ चैत्र २०८०, शुक्रबार
  • 283 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीमा ढकमक्क फुलेको गुँरास र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृष्य । पुन समुदायको धार्मिक आस्थाको धरोहर करबाकेली क्षेत्र धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरु करबाकेली क्षेत्रमा फुलेका गुँरासे जंगलमा रमाउने गर्छन । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङखलाका दर्जनबढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो । यतिबेला करबाकेली क्षेत्रको जंगल गुँरासको फुलले राताम्मे भएको छ । 

तस्बिर : रबि गर्वुजा पुन