विशेष
यसरी मनाईयो म्याग्दी क्याम्पसमा क्युएए उत्सव (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०७६, मंगलवार
म्याग्दी २१ माघ । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको... पुरा पढ्नुहोस
मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….
- 5 बर्ष, 4 महिना अगाडि
- २० माघ २०७६, सोमबार
म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस
दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
- 5 बर्ष, 4 महिना अगाडि
- २० माघ २०७६, सोमबार
म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्र रहेका... पुरा पढ्नुहोस
परीक्षाको मुखमा महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले ग¥र्यो विद्यालय बन्द
- 5 बर्ष, 4 महिना अगाडि
- १९ माघ २०७६, आईतवार
नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का... पुरा पढ्नुहोस
अन्नपूर्ण पर्यटन महोत्सवः ‘बजेट २५ लाख, कृषकलाई रित्तो हात’
- 5 बर्ष, 4 महिना अगाडि
- १९ माघ २०७६, आईतवार
नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री ल्याएका थिए । गाउँपालिकाले महोत्सवको अवसरमा कृषि पदर्शनी समेत समावेश... पुरा पढ्नुहोस
जेसीजद्धारा लभ्लीहिलमा राष्ट्रिय झण्डा सहित पर्यटन वर्ष अंकित झण्डा राखियो (फोटोे सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
माघ १८ गते । म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको... पुरा पढ्नुहोस
विद्यालयकै सटरबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि
- 5 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
म्याग्दी, १८ माघ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यालय परिसरमै मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्दा ! तर म्याग्दी सदरमुकाम बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयको हाताभित्रैबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण भएको पाईएको छ । विद्यालयले व्यवसायिक प्रयोजनको लागि विद्यालय परिसरमै बनाएको सटरमा मदिरा र सुर्तिजन्य पदार्थको... पुरा पढ्नुहोस
सरकारी कामकाजको प्रादेशिक भाषा निर्धारण सम्वन्धी अन्तरक्रिया
- 5 बर्ष, 4 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
म्याग्दी, १८ माघ । सरकारी कामकाजको भाषा निर्धारण तथा प्रादेशिक भाष सङ्गोष्ठी सम्वन्धी बेनीमा सरोकारवालाहरुसंग छलफल गरिएको छ । भाषा आयोग काठमाण्डौको आयोजना सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहकार्यमा म्याग्दी बागलुङ पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिहरुसंग भाषा निर्धारण तथा संरक्षणसम्वन्धी अन्तरक्रिया गरिएको हो । लोपोन्मुख अवस्थामा रहेका भाषाहरुको संरक्षण... पुरा पढ्नुहोस
फलोअप : पदमार्गमा बाटो बिराएर अल्पत्र चार पर्यटकको उद्धारमा समस्या,शनिवार हेलिकप्टर मार्फत खोजी गर्ने तयारी
- 5 बर्ष, 4 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
म्याग्दी १७ माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धारमा ढिलाई भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुको उद्धार हुन नसकेको हो... पुरा पढ्नुहोस
खोप्रा–नारच्याङ पदमार्गमा बाटो बिराएर चार पर्यटक अल्पत्र
- 5 बर्ष, 4 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
बेनी, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र... पुरा पढ्नुहोस