विशेष

मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई... पुरा पढ्नुहोस

सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट... पुरा पढ्नुहोस

चुरे विवादमा संघ र प्रदेश आमने सामने

प्रदेश–२ सरकारले गिट्टी बालुवा उत्खनन गरी निकासी गर्ने संघीय सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेको छ । नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश–२ बाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको सम्पूर्ण भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको भन्दै प्रदेश सरकारले... पुरा पढ्नुहोस

अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा

नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ । २० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग

म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ जेठ । अष्टेलियामा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज अष्ट्रेलियाले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा सघाउन स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पहिलो चरणमा वडा नम्बर २ भगवती र ३ वडा पिप्लेका स्वास्थ्य चौकीहरुमा आउने विरामीहरुको उपचारलाई मध्यनजर गर्दै एक/एक थान... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ रघुगंगा कमिटीद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ जेठ । राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिले कोरोना नियन्त्रण र रोकथाममा सघाउन रु २० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचारमा सघाउने उदेश्यले रु २० हजार बराबरको अक्सिमिटर र थर्मोमिटर सहयोग गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल रघुगंगा... पुरा पढ्नुहोस

९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना संक्रमण जितेपछि …….. (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=CK9Jdn_xbVI       म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या... पुरा पढ्नुहोस

आर्थिक वर्ष २०७८/०७९ को बजेट यस्तो छ (पूर्णपाठ)

म्याग्दी १५ जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब... पुरा पढ्नुहोस

म्याग्दीमा थप ११ जनमा कोरोना संक्रमण, ६३ जना निको भएर आइसोलेसन मुक्त

म्याग्दी १४ जेठ । म्याग्दीमा शुक्रवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा मंगला गाँउपालिकामा ६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो । त्यसैगरि बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना , धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण... पुरा पढ्नुहोस