विशेष

दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

पाेखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन

म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा... पुरा पढ्नुहोस

तातोपानी कुण्डहरु बन्द

म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर... पुरा पढ्नुहोस

पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध

पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका... पुरा पढ्नुहोस

गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि,म्याग्दीमा ६ जना संक्रमित थपिए

म्याग्दी १२ वैशाख । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा देखिएका ११५ जना... पुरा पढ्नुहोस

म्याग्दीमा विश्व औलो दिवस मनाईयो

म्याग्दी १२ वैशाख । विश्व औलो दिवस म्याग्दीमा पनि मनाईएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आईतवार बेनीमा पत्रकार तथा सरोकारवालासंग अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको ।कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीले नेपालमा औलोको जोखिम, अबस्था र नियन्त्रणका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु, प्रदेश सभा सदस्य केसीद्धारा शिलान्यास

बेनी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको मन्दिरको शनिवार शिलान्यास गरिएको छ । विभागबाट योजनाको ठेक्का सम्झौता भएर निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएपछि मन्दिर भत्काएर पुननिर्माण गर्न धार्मिक... पुरा पढ्नुहोस

देबिस्थान र हिस्तानमा माओवादी केन्द्रको वडा कमिटि पुनःगठन

बेनी, १२ बैशाख । नेकपा माओवादी केन्द्रले शनिबार मालिका गाउँपालिका–५ देविस्थान र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा वडा कमिटि पुनगठन गरेको छ । देबिस्थानमा शनिबार भएको माओवादी केन्द्रका कार्यकर्ता भेलाले रबिन्द्र राणा अध्यक्ष र तुल नारायण पुन सचिब रहनुभएको १७ सदस्यीय वडा कमिटि पुर्नगठन गरेको हो । सोही भेलाबाट फरम गुरुङको संयोजकत्वमा... पुरा पढ्नुहोस

ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण देवताको मुर्ति स्थापना (तस्बिर/भिडियो)

बेनी, ११ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गत बर्ष मात्रै पुननिर्माण गरिएको ऐतिहासिक कोत मन्दिरमा करिब ८ लाख लागतमा जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति स्थापना र प्राण प्रतिष्ठा गरिएको हो । https://www.youtube.com/watch?v=h5VmaCO34oQ&t=783s काठमाण्डौमा मुर्तिकार मार्फत पन्चधातुको प्रयोग गरि... पुरा पढ्नुहोस

टेलिकमद्धारा गुर्जा र धौलागिरि पदमार्ग क्षेत्रमा मोवाईल र इन्टरनेटको पहुँच विस्तार

म्याग्दी ११ वैशाख । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिले समेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने... पुरा पढ्नुहोस