आगलागी पीडित ब्यवसायीलाई उद्योग वाणिज्य संघको सहयोग

  • २७ श्रावण २०७८, बुधबार
  • 1164 पटक पढिएको

बेनी, २७ साउन । म्याग्दीको सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई ब्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो ।


प्रहरीका अनुसार दुवै पसलमा ५० लाख बराबरको धनमालमा क्षति पुगेको थियो । आगलागीबाट ठुलो आर्थिक क्षति ब्यहोरेका ब्यवसायीद्धयलाई उद्योग वाणिज्य संघले रु २ लाख ३९ हजार ५५० रुपैया सहयोग गरेको संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । संस्थाको ब्यवसायी हितकोषबाट ५० हजार, संघका पुर्व अध्यक्ष, वर्तमान कार्यसमिति र आमन्त्रित सदस्यबाट रुप १ लाख ५० हजार र महिला उद्यमी कार्य समितिबाट उठाइएको ३९ हजार ५५० रुपैयाँ सहयोग जुटेको थियो ।


उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा दुवै ब्यवसायीलाई १ लाख १९ हजार ७७५ रुपैयाको दरले राहत रकम हस्तान्तरण गरिएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुई ब्यवसायीलाई संघका अध्यक्ष बेलबहादुर कटुवाल निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य र महिला उद्यम विकास समितिका सभापति लक्ष्मी कार्की लगायतको उपस्थितमा आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।