आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट सहयोग

  • २७ श्रावण २०७८, बुधबार
  • 1368 पटक पढिएको

म्याग्दी २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । बेल्जियममा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु १ लाख ३६ हजार ७ सय सहयोग पठाएका हुन् ।

आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले बेल्जियममा रहेका राखुबासीबाट सहयोग संकलन गरी पठाईएको त्यहाँबाट रामजी भण्डारीले जानकारी दिनुभयो ।  रू ५० हजार रखाले समाज बेल्जियमबाट र बाँकी रकम बेल्जियममा रहेका राखुबासीबाट संकलन गरी सहयाेग गरीएकाे हाे । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित हुनुभएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएपछि म्याग्दीअनलाईन डटकम लगायतका सञ्चार माध्ययमबाट समाचार प्रकाशन भएको थियो ।


आर्थिक स्रोत जुटाउन समस्या परेको समयमा बेल्जियममा रहेका राखुबासीबाट प्राप्त सहयोगले राहत मिलेको भन्दै पीडित खत्रीकी श्रीमती राजकुमारीले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । रोजगार, व्यवसाय लगायतको शिलसिलामा बेल्जियममा पुगेका राखुबासीले राखुमा आईपर्ने प्राकृतिक विपत्ति, आर्थिक अभाबले उपचार गराउन नसकेका विरामी, कोरोना रोकथाम र नियन्त्रण अभियान लगायतमा आर्थिक सहयोग गर्दै आएका छन् ।
रक्तचाप र प्यारालाईसिस रोगबाट पीडित बनेपछि २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएपनि खर्च जुटाउन नसक्दा अहिले खत्रीको उपचार नै प्रभावित बनेको छ ।

चार महिनासम्म पोखरामा दुइ अस्पतालमा प्यारालाइसिस र टाउकोमा देखिएको समस्याको उपचार गर्दा २३ लाख रुपैया सकिएको पीडित खत्रीको श्रीमती राजकुमारी खत्रीले बताउनुभयो । पोखरामा उपचारको क्रममा औषधीले समस्या ठिक नभएपछि डाक्टरको सल्लाह अनुसार उपचारका लागि काठमाण्डौ गंगालाल अस्पताल पठाइएको छ ।

बेल्जियमबाट सहयाेग गर्ने दाताहरूकाे विवरणा ः

1. Hari Shahi 50 euro

2.Ramji Bhandari 50 euro

3.Ganesh Bhandari 50 euro

4.Gyanu bharuwal 50 euro

5.Lal Bahadur Malla 50 euro

6.Dal Shahi 30 euro

7. Dhan Malla 30 euro

8. Jit Karki 30 euro

9. Sudan Malla 30 euro

10. Ghan Shahi 25 euro

11. Gyan Rakal 25 euro

12. Rajendra Karki 25 euro

13. Binod Malla 25 euro

14. Yogendra shrestha 25 euro

15. Sabina Bhandari 25 euro

16.Sunita shrestha 25 euro

17.Dipak Bhandari 25 euro

18.Mohan Shahi 25 euro

19. Raj giri 25 euro

20. Krishna Sunar 30 euro

21. Dipendra bhandari 25 euro

Total rakam == 675

Rakhu samaj bata = 335

Total ==. 1010 euro