विशेष
जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान
- 6 महिना, 22 दिन अगाडि
- २७ चैत्र २०८०, मंगलवार
बेनी, २७ चैत । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई चितवनमा सम्मान गरेको छ । मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड मूल्य बराबरको २३६.४५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा निशूल्क... पुरा पढ्नुहोस
पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर
- 6 महिना, 23 दिन अगाडि
- २६ चैत्र २०८०, सोमबार
बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो... पुरा पढ्नुहोस
राखु समाज युकेको अध्यक्षमा सोभिता शाही चयन
- 6 महिना, 23 दिन अगाडि
- २६ चैत्र २०८०, सोमबार
युकेमा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । समाजको १२ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट सोभिता शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खिम मल्ल (पुष्पा), सचिबमा सुजाता भण्डारी, कोषाध्यक्षमा कपिल मल्ल, सहकोषाध्यक्षमा कुसुम मल्ल, सहसचिबमा अनिल मल्ल र संयोजकमा... पुरा पढ्नुहोस
कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो
- 6 महिना, 23 दिन अगाडि
- २६ चैत्र २०८०, सोमबार
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा... पुरा पढ्नुहोस
बजेट नआएपछि विद्यालय भवन निर्माण योजना प्रभावित
- 6 महिना, 24 दिन अगाडि
- २५ चैत्र २०८०, आईतवार
म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । संघीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत बर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । निर्माण व्यवसायीले भवन... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ
- 6 महिना, 24 दिन अगाडि
- २५ चैत्र २०८०, आईतवार
पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका... पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा खगराजद्वारा दाबी पेस, मनाङेको पनि समर्थन
- 6 महिना, 24 दिन अगाडि
- २५ चैत्र २०८०, आईतवार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार... पुरा पढ्नुहोस
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते
- 6 महिना, 26 दिन अगाडि
- २३ चैत्र २०८०, शुक्रबार
म्याग्दी २३ चैत । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर... पुरा पढ्नुहोस
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा
- 6 महिना, 26 दिन अगाडि
- २३ चैत्र २०८०, शुक्रबार
म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका(७ बिमदेखि बिमवाङ(धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि... पुरा पढ्नुहोस
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार
- 6 महिना, 27 दिन अगाडि
- २२ चैत्र २०८०, बिहीबार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्... पुरा पढ्नुहोस