विशेष

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जनभेटघाट

  बेनी, २७ चैत । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई... पुरा पढ्नुहोस

राखुका तीन विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर उर्तिण हुने विद्यार्थीहरुलाई पुरस्कारको घोषणा गरिएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाण्डौ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस बर्षको एसइईमा ए प्लस... पुरा पढ्नुहोस

म्याग्दीका सामुदायिक विद्यालयमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने

बेनी, २६ चैत : हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी... पुरा पढ्नुहोस

कृषकलाई माछाका भुरा वितरण

  म्याग्दी, २६ चैत । म्याग्दीमा ब्यवसायिक कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो । विज्ञ केन्द्र र बेनी नगरपालिका १३/ १३ हजार र धवलागिरी गाउँपालिकाले ७ हजार माछा... पुरा पढ्नुहोस

पाखापानीमा पशु स्वास्थ्य शिविर

  म्याग्दी, २६ चैत । रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२... पुरा पढ्नुहोस

म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षक स्थायी नियुक्त

म्याग्दी २५ चैत । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई... पुरा पढ्नुहोस

नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

  म्याग्दी, २५ चैत । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम... पुरा पढ्नुहोस

बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग

  बेनी, २५ चैत । बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ । पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी दुई दिनसम्म तालिम संचालन गरेको हो । तालिमा मेयर सुरत केसीले नगद नभई प्राविधिक र... पुरा पढ्नुहोस

ताकम गाउँबाट देखिएको गुर्जा र चुरेन हिमाल

  बेनी २४ चैत । चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृश्य । तस्विर :धीरन खत्री । पुरा पढ्नुहोस

‘इको पदमार्ग’ मा चहलपहल बढ्दै

पर्वत २२ चैत। कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ। म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो। पर्वतको जलजला गाउँपालिकाको वारीवेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक... पुरा पढ्नुहोस