म्याग्दी समाचार
दग्नामको पहिचान बनेको भुमे पुजामा लिङ्गो जुधाइ, गैरी गाउँ बिजयी (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा गैरी गाउँ बिजयी भएको हो ।... पुरा पढ्नुहोस
क्याम्पसको छात्रावासलाई पर्दा सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको छात्रावासलाई म्याग्दी कपडा तथा फेन्सी ब्यवसायी समितिले मंगलबार एघारौ गणतन्त्र दिवसको अवसरमा फेन्सी सामाग्री (पर्दा) सहयोग गरेको छ । दुई वटा छात्रावास भवनको झ्याल ढोकामा राख्नका लागी आवश्यक १५ हजार रुपैया मूल्य बराबरको ३२ थान पर्दा सहयोग गरिएको समितिले जनाएको... पुरा पढ्नुहोस
आमा समूहद्धारा सामुदायीक भवन निर्माण
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनी नगरपालीका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायीक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानिया र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस
बालबालिकालाई शैक्षिक सामाग्रीवितरण
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनी नगरपालीका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमामंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीवितरण गरिएको छ ।विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर... पुरा पढ्नुहोस
गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ ।सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले... पुरा पढ्नुहोस
बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई, भगवतीमा ज्येष्ठ नागरीकलाइ फलफुल वितरण
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी १५ जेठ । गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह... पुरा पढ्नुहोस
सामुदायिक बनद्धारा विद्यालयलाई रु ५० हजार सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनी नगरपालिका–२ खवरामा रहेको हंशबाहीनी आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय भसभसे सामुदायिक बन उपभोत्ता समितिले विद्यालयको शैक्षिक विकासको लागि रु ५० हजार सहयोग प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनारायण घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।... पुरा पढ्नुहोस
आगलागी पिडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पिडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ । समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग... पुरा पढ्नुहोस
फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन पहल
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयबासीले पहल थालेका छन् । हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, ग्रामिण बस्तीको मनमोहक दृष्य अवलोकनगर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीयबासीले पूर्वाधार निर्माण, प्रचारप्रसार सुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनी पूर्वाधार र प्रचारप्रसारको... पुरा पढ्नुहोस