दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो

  • २५ जेष्ठ २०७५, शुक्रबार
  • 1764 पटक पढिएको

म्याग्दी, २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ ।

मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैया खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी सभापती याममती रोकाले बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मालिका, धौलागिरी र मंगला गाउँपालीकाका बासिन्दालाई सुबिधा पुगेको छ । एम्बुलेन्स प्रयोगमा नआउँदा बिरामीहरु ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्न बाध्य थिए ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पाँच वर्षअघि सदरमुकाम बेनी, उत्तरी क्षेत्रका लागि भुरुङ तातोपानी र पश्चिमी क्षेत्रका लागि दरवाङ उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । स्थानीय तह र सरोकारवाला संघ संस्थासंग समन्वय गरेर एम्बुलेन्सलाई नियमित र प्रभावकारी रुपमा सञ्चालन गरिने सभापती रोकाले बताउनुभयो ।