बावियाचौरमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला
- २६ जेष्ठ २०७५, शनिबार
- 2758 पटक पढिएको
म्याग्दी २६ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले बावियाचौरमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न गरेको छ । म्याग्दीका सबै स्थानीय तहमा रहेका तत्कालिन दुबै पार्टीका कार्यकर्ताहरुलाई एकिकृत पार्टीको बारेमा सन्देश पु¥याउने उदेश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पार्टी एकिकरणको सन्देश कार्यकर्तास्तरमा पुराउने, एकताको महत्व र आगामी योजनाको बारेमा जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव, सल्लाह संकलनका साथै स्थानीय तहका जनप्रतिनिधिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले भेला तथा अन्तरक्रिया सुरु गरेका हुन् । मंगला गाउँपालीकाको केन्द्र बावियाचौरमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा नेकपाका जिल्ला स्तरका नेताहरुले कार्यकर्ताहरुको सुझाब संकलन तथा पार्टी एकताको सन्देशको बारेमा आफ्नो धारणा राख्दै प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेकपाका नेताहरु गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी, बालकृष्ण सुवेदी , शेरबहादुर केसी, देवराज सुवेदी, संकर शेरचन, भुपेन्द्र बुढाथोकी लगायतले दुई पार्टीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पाटीको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र वडा अध्यक्षहरुले आगामी वर्षको योजना, बजेट तर्जुमाको विषयमा जानकारी गराउँदै गाउँपालिकाको समस्याहरुको बारेमा नेताहरुको ध्यानकर्षण गराउनुभएको थियो ।
नेकपाका नेता प्रेमप्रसाद रेग्मीको अध्यक्षता, सतप्रसाद रोकाको स्वागत र चन्द्रप्रसाद बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पार्टी एकिकरणको खुुसीयाली साटासाट र अन्तरघुलनको वातावरण बनाउने उद्देश्यले म्याग्दीका छ वटै स्थानीय तहमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको नेकपाले दरबाङमा यस अघि नै कार्यक्रम सम्पन्न गरिसकेको र अन्य चार वटा स्थानीय तहमा समेत छिट्टै कार्यक्रम गर्ने जनाएको छ ।