म्याग्दी समाचार

भुरुङ तातोपानीमा बाढीबाट १ करोड बढीको क्षती ( विवरण र भिडियो सहित)

म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको बाढीले पु¥याएको क्षतीको विवरण संकलन र पिडितहरुलाई राहत दिन सुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि ४ घरमा पूर्ण रुपमा र ११ घरमा आँशिक क्षती हूँदा करिब १ करोड बढी क्षती भएको हो ।... पुरा पढ्नुहोस

वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण

बेनी १ जेठ । रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ४ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

जिल्ला विपद व्यवस्थापन समितिले बाढी पिडितलाई राहत उपलब्ध गराउने

बेनी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितिको सोमबार साँझ बेनीमा बसेको बैठकले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आईतबारको बाढीले घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा भवन निर्माणको लागि जग्गा सम्याउने काम सुरु

म्याग्दी, ३१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले भवन निर्माणको लागि जग्गा सम्याउने कामको सुरुवात गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित कुखुरेमा गाउँपालिकाको भवन निर्माणको लागि आजदेखि जग्गा सम्याउन सुरु गरिएको हो । जग्गा धनीहरुलाई समेत नोक्सानी नपुग्ने गरि गाउँपालिकाको लागि जग्गा व्यवस्थापन गर्न लागिएको छ । धार्मिक विधि अनुसार... पुरा पढ्नुहोस

बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र

ताकम ३१ बैशाख । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनी देखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय बागलुङ एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा बाढी : जोखिम न्युनिकरणको लागि सतर्कता,पिडितहरुलाई राहत दिन सुरु (फोटो फिचर)

म्याग्दी, ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बर्षासंगै आएको बाढी बस्तीतर्फ पसेपछि पिडित भएकाहरुलाई राहत र थप क्षती नहुन पूर्वसतर्कताको काम सुरु गरिएको छ । तातोपानी बजारदेखि माथिको किम्लाखर्कको खहरे खोलामा पहिरो सहित आएको बाढीले तातोपानीका नगेन्द्र (लटे) गिरि र बालकृष्ण मिजारको गरि दुई... पुरा पढ्नुहोस

बेनीमा पर्यटकीय सम्भावनाबारे अन्तरक्रिया

म्याग्दी, ३१ वैशाख । म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्रको विकास र सम्भावनाबारे अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार बेनीमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम बेनीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपाल चीन जोड्ने कोरला नाकाको स्तरोन्नतिसँगै म्याग्दीको... पुरा पढ्नुहोस

कालीगण्डकीमा पक्कि बाध निर्माण

म्याग्दी, ३१ वैशाख ।    जल उत्पन्न प्रकोप सब डिबिजन कार्यालय बागलुङको सहयोगमा थासाङ गाउँ पालिका वडा नम्बर -२ स्थित कालीगण्डकी बगरमा करिब ५ सय मिटर बराबरको पक्की बाध निर्माण भएको छ । गत २०७४ सालमा करिब २६० मिटर बाध निर्माण सम्मपन्न भएकोमा यस बर्ष थप २४० मिटर पक्की बाध... पुरा पढ्नुहोस

एक्याप लोमान्थाङको स्थापना दिवस मनाईयो

मुस्ताङ, ३१ वैशाख । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले ३१ औं स्थापना दिवसको उद्घाटन समारोह ध्ये प्राङ्गण लोमान्थाङमा सम्पन्न गरेको छ । ध्ये प्राङगणबाट प्रभात फेरि सुरु भइ लोमान्थाङ बजारको परिक्रमा गरि सोही स्थानमा आइ औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लोमान्थाङ गाउँपालिकाका... पुरा पढ्नुहोस

मालिका डान्स आईडलको उपाधी मिनालाइ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवले आयोजना गरेको प्रथम मालिका डान्स आईडलको उपाधि पोखराकी मिना पुन मगरले जित्न सफल भएकी छिन् । आइडलमा सहभागीहरुलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र... पुरा पढ्नुहोस