रघुगंगाको मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार ( फोटो फिचर)

  • २८ असार २०७५, बिहीबार
  • कमल खत्री
  • 3444 पटक पढिएको

म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।

१५४ औँ शाखाको रुपमा मौवाफाँटबाट बैँकीङ कारोबार सुरु गरेको बैँकको समुद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले ग्रामीण भुगोललाई समेटीएको रघुगंगामा बैँकिङ पहुँच नपुगेको सन्दर्भमा प्रभु बैँक स्थापना हुँनु सिंगो गाउँपालिकाको लागि सकरात्मक पक्ष रहेको बताउनुभयो ।

उहाँले बैँक स्थापना संगै गाउँपालिका कार्यालयलाई समेत आर्थिक कारोबार गर्न सहज भएको र स्थानीयबासीलाई समेत पैसा जम्मा गर्न, झिक्न र व्यवसायिक कारोकारको लागि समय र नगद खर्चिएर सदरमुकाम बेनी जानुपर्ने झण्झटको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रभु बैँकका क्षेत्रीय प्रमुख पेशन दाहालले म्याग्दीका सबै स्थानीय तहमा बैँकको शाखा विस्तार गर्ने अभियान अन्र्तगत रघुगंगामा शाखाले औपचारिक रुपमा कारोबार सुरु गरेको जानकारी दिनुभयो ।

‘‘नेपाल सरकारले ‘एक घर एक खाता, एक व्यक्तिको बैँक खाता अनिवार्य’ गराउने अभियानलाई सफल बनाउनकै लागि हामी यसरी स्थानीय तह अनुसार शाखा विस्तार गरिरहेका छौँ, ग्रामीण भुगोल भएपनी सुगम क्षेत्रमा पाईने विक्तिय सेवा हामी यहाँबाट प्रवाह गर्न प्रतिबद्ध छौँ’’– उहाँले भन्नुभयो । यस बैँकको शाखा बाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायतका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको बैङ्कीङ सेवा सहज, छिटो, छरिटो रुपमा प्रदान गरिने शाखा प्रबन्धक उमाशंकर सापकोटाले बताउनुभयो ।

एक स्थानीय सरकार एक बैँकको अबधारण अनुसार प्रभु बैँकले शाखा विस्तार गरेपछि उपभोक्ता समितिको खाता सञ्चालन, कर्मचारीको तलब, सामाजिक सुरक्षा भक्तालाई बैँक मार्फत वितरण गर्ने लगायतका सरकारी कारोबार गर्न सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाईले जानकारी दिनुभयो । बैंकका शाखा विस्तार भएपछि स्थानीयबासी, सरकारी कर्मचारी तथा कृषक र व्यवसायिकहरलाई समेत कारोबार गर्न सहज हुने अपेक्षा गरिएको वडा नम्बर ३ का अध्यक्ष जीबन कुमार मल्लले बताउनुभयो ।

प्रभु बैँकले विहिवार देखिनै म्याग्दीको धौलागिरि गाउँपालिकाको ताकममा समेत १५५ औँ शाखाको रुपमा औपचारिक रुपमा कारोबार सुरु गरेको छ । म्याग्दीको बेनी र मालिका गाउँपालिकाको केन्द्र दरबाङमा यस अघि नै शाखा विस्तार गरेको बैँकले मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत छिट्टै शाखा विस्तार गर्ने तयारी भैरहेको प्रभु बैँक बेनी शाखाकी प्रबन्धक लालकुमारी खड्काले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l