“जहाज चढी” मौलिक सालैजो बजारमा (भिडियो)
- २७ असार २०७५, बुधबार
- धिरन खत्री
- 2431 पटक पढिएको

म्याग्दी , २६ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ जन्मिएकी गायीका विष्णु जुग्जालीको प्रस्तुती, बेनी नगरपालिका ४ डाडाँखेतमा जन्मिएका गायक जिवन परियार लय तथा शब्दमा रहेकोे जहाजै चढी सालैजो गित बजारमा आएको छ । गितमा जुग्जाली र परियारको स्वर रहेको छ । सुमन थापा मगरको निर्देशनमा गरिएको गितको म्युजिक भिडियोमा म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।
निर आले मगर र विष्णु जुग्जालीको मुख्य अभिनय रहेको गितमा रोजगारको शिलशिलामा घरपरिवार र आफनो मायालाई छोडेर विदेशमा गएपछि मायामा हुने पीडालाई गितमार्फत सार्वजनिक गरिएको छ । सालैजो भाकामा जहाजै चढी जादैछु साईली सालैजो तिम्रै माया बोकेर, विदाईमा पलमा केही बोल साईली सालैजो मनमा आसु बोकेर समाजमा दैनिक हुदै आएको ब्यवहारिक मौलिक घटनाहरुको शब्दलाई समेटेर गित निर्माण गरिएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l