बेनी– जोमसोम कोरला सडक आयोजनाको काम सन्तोषजनक छैन्ः मुख्मन्त्री गुरुङ

  • २६ असार २०७५, मंगलवार
  • धिरन खत्री
  • 2025 पटक पढिएको


म्याग्दी, २६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेशमा संचालन भएका राष्ट्रिय गौरवका योजना मध्यको बेनी– जोमसोम कोरला सडकको काम सन्तोष जनक नभएको बताएका छन् । मुस्ताङ पुगेर आएका मुख्यमन्त्री गुरुङले प्रदेशको लाईफ लाईन कोरला सडकको स्तोरन्नतीको स्थलगत अनुगमन गरेपछि बेनीे गलेश्वरमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।


सात टुक्रामा विभाजना गरि स्तरोन्नती कार्यमा ठेकेदारले समय सक्ने भनेपनि निर्माण क्षेत्रमा खटाईएको जनशक्ति र डोजर प्रयोग देख्दा समयमा काम नहुने देखिएको जानकारी गराए । प्रदेशभित्रको गौरवको योजनाको स्थलगत अनुगमनबाट काम गतिविधिबारे जानकारी लिदै समयमै सम्पन्न गर्नका लागि आवश्यक पहल अघि बढाउने बताए । प्रदेश सरकारले सडकसंजालमा परेका खोला तथा नदीले बर्खमा समयमा यातायात सुविधा बन्द गरेको बताउदै पाचबर्षभित्र बेलीव्रिज पुल बनाईसक्ने जानकारी दिए ।
प्रदेशले ३६ निर्वाचन क्षेत्रलाई प्रदेशका नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरेको बताउदै स्थानीयस्तरको विकास निर्माण छुट्याएको बजेट मध्य ९० प्रतिशत बजेट कार्यान्वयनमा लाग्न जनप्रतिनिधि र राजनीतिक दललाई लाग्न आग्रह गरेका थिए । स्थानीस्तरमा जलस्रोत, कृषि र पर्यटन क्षेत्रमा जनताको शेयर तथा लगानी बढाउन लगानीमा सुरक्षाको ग्यारेन्टी बनाउने जानकारी दिए ।
त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमाङले प्रदेशको बजेट गौरवका योजनालाई प्राथमिकता दिएर डिपिआर तयार लागि विनियोजन गरिएको बताए । प्रदेश सरकारले पहुचँको आधारमा भन्दापनि आवश्यकताको आधारमा समान वितरण गरिएको जानकारी दिए ।
प्रदेश सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेपाल कम्युनिष्ट पाटी म्याग्दीका नेता, पुर्व–सांसद नवराज सुवेदी, गोविन्द्र पौडेल र नेता हरिकृष्ण श्रेष्ठले हिमालै हिमाल भएको जिल्ला म्याग्दीलाई हिमाली जिल्लामा कायम गर्न माग गरेका थिए । जिल्लाको जलस्रोत, पर्यटन, जलविधुत आयोजनाहरुको गतिविधिबारे जानकारी गराएका थिए । जिल्लाको सडक, सुरुङमार्ग जडिबुटी पदमार्गबारे जानकारी गराउदै सडक र जलस्रोत र कृषि क्षेत्रमा निगरानी बढाउन आग्रह गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l