म्याग्दी समाचार

बाबियाचौरमा रक्तदान, ३० पिन्ट रगत सङ्कलन

बाबियाचौ, १७ बैशाख । २५६२औं बुद्धजयन्तीको अवसर पारेर सोमबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नारासहित मंगला युथ क्लब बाबियाचौरको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाबियाचौर उपशाखाको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको थियो । रक्तदान कार्यक्रममा विभिन्न ३० जना युवा, महिला, समाजसेवी,... पुरा पढ्नुहोस

रघुगंगाको गाउँसभा स्थगित

म्याग्दी, १७ बैशाख । रघुगंगा गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । सोमबार सुरु भएको गाउँसभामा प्रस्तुत विभिन्न १२ वटा विद्येयक तथा निर्देशिका बारे गाउँपालिका सदस्यहरुले अध्ययनको समय माग गरेपछि गाउँसभा स्थगित गरिएको हो । गाउँपालिकाको दैनिक प्रशासन देखि विकास निर्माणका कार्यहरुलाई व्यवस्थित बनाउन शिक्षा, सहकारी, कृषि, न्यायिक समिति गठन कार्यविधी,... पुरा पढ्नुहोस

मालीकामा भक्तजनको घुईचो

मालीका, १७ बैशाख । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा सोमबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती बाह् बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ,... पुरा पढ्नुहोस

जालमा माछा परेपछि

हरेक मानिसलाई मेहनत अनुसारको सफलता मिलेपछि पक्कै खुशि हुन्छन । त्यस्तै खुशी कालिगण्डकी नदीबाट जालमा माछा परेपछि खुशी भएको अवस्थामा युवा । कालिगण्डकी नदीको माछा स्वादिलो हुनाले १ हजार किलोमा विक्रि गर्दा पनि ग्राहकलाई पु¥याउन नसकिएको माँझीहरु बताउछन । तस्विरः धिरन खत्री/पर्वत १७ बैशाख । पुरा पढ्नुहोस

धौलागिरि हिमाल आरोहणमा विदेशी पर्यटकको मृत्यु

  म्याग्दी,१७ बैशाख । धौलागिरि हिमाल आरोहणका लागि गएका विदेशी पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको... पुरा पढ्नुहोस

बेनी दरवाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप

म्याग्दी, १७ बैशाख ।  बेनी– दरबाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडक स्तरोन्नतीको लागि कडा चट्टान भएको ठाउँमा एक हप्ताको समयमा कटान नसकिएको हुदाँ जिल्ला प्रशासनमा आईतबार बसेको बैठकले समय थप गरेको हो । आईतबार बसेको जिल्ला समन्वय... पुरा पढ्नुहोस

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

म्याग्दी, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ ।  ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माणमा ढिलाई

म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बनी बजारमा रहेको तत्कालिन जिल्ला अस्पताल (हाल बेनी अस्पताल म्याग्दी)को कार्यालय परिसरमा बन्न लागेको आधुनिक सुविधासम्पन्न भवनको निमार्णकार्य सुस्त गतिमा हुँदा विरामीहरुले सास्ती खेप्न परेको छ । जिल्ला भित्र रहेको अस्पताल सुविधा सम्पन्न हुनुका साथै स्तरोन्नती हुनु आफैमा राम्रो भएपनि निर्माणकार्य सुरु भएको मितिले... पुरा पढ्नुहोस

सुशासन र सुरक्षालाई बलियो बनाउने प्रजिअ अधिकारीको प्रतिवद्धता

म्याग्दी,१६ बैशाख । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सुशासन र सुरक्षालाइबलियो बनाउने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले जिल्लामा रहेको विकास निर्माणका योजनाको अनगुमन, प्रशासनिक सेवालाई गुणस्तरिय बनाउन आफुले निरन्तर लागि पर्ने समेत बताउनुभयो ।... पुरा पढ्नुहोस

विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी, १६ वैशाख । मंगला गाँउपलिका–३ खर्कमा रहेको जनप्रिय आधारभुत विद्यालयलाई भुतपुर्व वेलायती सैनिक गिरीबहादुर थापा द्वारा ७० हजार रुपौयाँ मुल्य बराबरको दुई थान कम्युटर सहयोग प्राप्त भएको छ । आईतबार विद्यालयमा एक औपचारीक कार्यक्रमगरी थापाकी श्रीमती कौशिला थापा र भाई राजु थापाले विद्यालयलाई कम्युटर सहयोग गरेको विद्यायलका शिक्षक केपी... पुरा पढ्नुहोस