म्याग्दी समाचार

वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा अध्यक्ष समेत रहनुुभएका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए । प्रतियोगितामा ताकम र... पुरा पढ्नुहोस

ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता: मन्त्री जुग्जाली

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्नुुहुुदै मन्त्री जुुग्जालीले ऐतिहाँसिक... पुरा पढ्नुहोस

दशैँलाई लक्षित गरेर मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी ६ कात्तिक । मुस्ताङबाट दशैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे  च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।  केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैँका लागि पाँच हजार ७५५ च्याङग्रा... पुरा पढ्नुहोस

नवमी दिन भगवती कोत मन्दीरमा राँगोको मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !

  म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आईतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा... पुरा पढ्नुहोस

महङ्गीले चाडपर्व नै खल्लो बन्दै, मुल्यबृद्धिले व्यापार व्यवसायमा समेत गिरावट

बेनी, ४ कात्तिक : रघुगंगा गाउँपालिका – ३ का सम्मर दर्जिलाई दशैँको खर्च जुटाउन सकप परेको छ । प्रवासमा रहेको छोराले पठाएको दशैँ खर्चले बजारमा घरपरिवारको लागि एक÷एक जोर नयाँ कपडा समेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कनुभयो । ‘‘ घरखर्च देखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको... पुरा पढ्नुहोस

दशैंको मुखमा अति विपन्न २० परिवारलाई खाद्यान्न सहयोग

म्याग्दी ३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२... पुरा पढ्नुहोस

ताकममा योग शिविर

ताकम, ३ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

राजनीतिले जुराएको संयोग : ‘एउटै मञ्चमा बाबु–छोरी, ससुरा–बुहारी’

बेनी, ३ कात्तिक : बेनी नगरपालिकाले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा ‘एउटै मञ्चमा बाबु–छोरी र ससुरा–बुहारी’ सहभागी भएको रोचक संयोग देखियो । बिजया दशमी, तिहार, नेपाल सम्वत र छट लगायतका पर्वहरुको अवसरमा शुक्रवार बेनी नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको स्टेजमा संविधान सभा सदस्य गोविन्द पोडेल, पौडेलकी बुहारी एवंम... पुरा पढ्नुहोस

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी), कात्तिक ३- उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि । केही वर्षअघि सम्म म्याग्दीको बेनी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको आयोजनामा विजय दशमीको शुभकामना आदान–प्रदान

  म्याग्दी, ३ कात्तिक। बेनी नगरपालिकाको आयोजना महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। नगरपालिकाको कार्यालय परिसरमा शुक्रबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस